महिलाको मृत्युबारे छानबिनको  माग गर्दै स्थानीयबासीले  घेराउ गरे प्रहरी चौकी

महिलाको मृत्युबारे छानबिनको  माग गर्दै स्थानीयबासीले  घेराउ गरे प्रहरी चौकी

गोरखा : गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्युको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ वर्षीया फूलमाया परियारको मृत्यु भएपछि घटनाको छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रहरी चौकी बारकिलोमा धर्ना र घेराउ गरेका छन् ।

बारकिलो बजारस्थित सार्वजनिक शौचालयमा सरसफाइ गरेर जीविका चलाउँदै आएकी परियारको भरतपुर अस्पतालमा उपचारको क्रममा गत मंगलबार मृत्यु भएको थियो । उनलाई स्थानीय होटल व्यवसायी दुर्गा आलेले गत चैत १७ गते साँझ कुटपिट गरेर घाइते बनाएको मृतकका आफन्त विकास परियारले बताए । 

'सात वर्षकी छोरी वर्षा परियारले होटलबाट ‘चिसो’ झिकेर आइछन् । त्यही विषयमा विवाद हुँदा दुर्गाले कुटेकी रहिछन्,' मृतकका भाइ नाता पर्ने परियारले भने, 'त्यसपछि भोलिपल्ट पनि दिदी ड्युटीमा जानु भएन । पर्सिपल्ट पनि जानु भएन । २० गते छिमेकीहरु घरमा हेर्न जाँदा निस्लोट भएर सुतिरहनु भएको रहेछ । अनि गाउँलेहरु भेला भएर गोरखा अस्पतालमा उपचार गर्न लगे ।'

 गोरखा अस्पतालले पनि नसकेपछि भरतपुर अस्पतालमा रिफर गरेको तर भरपुर अस्पतालमा उपचार गराउँदा गराउँदै गत मंगलबार मृत्यु भएको उनले बताए । घटनाको निश्पक्ष छानबिनको माग गर्दै स्थानीयबासीले प्रहरी चौकीमा शव राखेर बुधबार राती रातभर नाराबाजी गरेका छन् । दोषीमाथि कडा कारबाही हुनुपर्ने र मृतकको परिवारलाई राहतको व्यवस्था हुनु पर्ने उनीहरुको माग छ ।

घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार अहिले शव गोरखा अस्पतालमा राखिएको र अनुसन्धानको क्रममा रहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.