मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

दोहा : कप्तान लियोनेल मेसीको एक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकपमा फ्रान्सविरुद्ध १–० को अग्रता लिएको छ। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालार्य अग्रता दिलाएका हुन्।
ओसुमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।
फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७औं मिनेटमा सुन्दर मौका पाएको थियो। तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो।
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो। यस्तै साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो।
अर्जेन्टिना यसअघि पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। जहाँ जर्मनीसँग पराजित भएको थियो। चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस !
