दोहा: नेदरल्यान्ड्सले फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत अमेरिकाविरुद्ध जारी खेलको पहिलो हाफमा २–० को अग्रता लिएको छ।
सुरुआती १० मिनेटसम्म बल पोसेसनमा अमेरिकाले प्रभुत्व जमाएको थियो। तर, १०औं मिनेटमा डेन्जल डम्फ्रिजले दायाँतर्फबाट दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका डिपाएले उत्कृष्ट फिनिसिङ गर्दै डच टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले पनि डम्फ्रिजकै पासमा उत्कृष्ट गोल गरे। नेदरल्यान्ड्सले गरेका दुवै गोल करिब उस्तै थिए।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा जित निकाल्न सके नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुग्ने छ।
नेदरल्यान्ड्स समूह ‘ए’को विजेता तथा अमेरिका समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम १६ मा आइपुगेको हो।