काठमाडौं : नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा जुनियर मेगामाइण्ड नामक एप्स आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ। बालबालिकाको रुची अनुसारको पाठ्यक्रममा आधारित उक्त एप्स नेपालमा स्टिम कोर्षलाई विस्तृत परिचय दिने हेतुले नीमा एकेडेमी र दूर शिक्षाद्वारा संयुक्तरुपमा प्रस्तुत गरिएको हो।
नीमा एकेडेमी विगत ४ वर्षदेखि शिक्षालाई सबैको पहुँचमा पुर्याएर नेपालको शिक्षा प्रणलीलाई थप विस्तार गर्ने प्रयासमा रहेको आयोजकले जनाएको छ। विद्यालयमा विद्यार्थीले पठनपाठन गर्ने प्रणालीमा डिजिटल रुपान्तरण हुनुपर्ने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामग्री प्रदायकहरुसँग साझेदारी गर्दै विद्यार्थीलाई विश्वव्यापीरुपमा सक्षम बनाउन नबीन सिँकाई सामग्री खोज्ने क्रममा उक्त एप्स सार्वजनिक गरिएको नीमा एकेडेमीका सीईओ निश्चलमान प्रधानले जानकारी दिए।
दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरेर एप्स ल्याइएको बताए। उनका अनुसार जुनियर मेगामाईन्ड पढेर विद्यार्थीले भविष्यमा आफैले नयाँ सामग्री तयार गर्न सक्नेछन्। उक्त कार्यक्रमका मुख्य कन्टेन्ट राइटर खिमबहादुर क्षेत्रीले एप्सले विद्यार्थीलाई आफ्नो समस्या समाधान गर्ने क्षमता र सृजनात्मक सोच बढाउन सहयोग गर्ने बताए।