अपडेट : देउखुरीमा बस दुर्घटना : एकको मृत्यु, ३२ घाइते

दाङ : जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ। दुर्घटनामा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना घाइते भएकाे लमही इलाका प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिए । घाइतेमध्ये पाँच जनाकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने २७ जनाकाे नेपालगञ्ज रिफर गरिरएकाे छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
