ललितपुरको दुर्इ स्थानका कुखुरा फर्ममा बर्डफ्लू
ललितपुर: यहाँका दुई स्थानका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । बडिखेल-४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फार्ममा बर्डफ्लू देखिएको हो ।
त्यसैगरी गोदावरी नगरपालिका-२ महादेव डाँडामा रहेको अनु थापाको फार्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयाका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।
बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए । तर नष्ट गरिएका कुखुराको संख्या भने एकीन नभएको सातदोबटो प्रहरी बृत्तका डीएसपी बिनोद सिलवालले जानकारी दिए ।
बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फार्ममा दुईवटा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख साहले बताए ।