घरबाट हराएका बालकको गोली हानी हत्या

घरबाट हराएका बालकको गोली हानी हत्या

गौर :  गत शनिबार रातिदेखि घरमा सुतिरहेको अवस्थामा नै हराइरहेको एक बालकको शव रौतहटको बागमती नदी किनारमा फेला परेको छ। रौतहटको कटहरीया नगरपालिका– ९ बाट शनिबार रातिदेखि हराएका १२ वर्षीय बालक युवराज साहको शव गढीमाइ नगरपालिकाको बागमती नदी किनार सोमवार बिहान फेला परेको हो।

साहको टाउकोमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना लाइ पक्राउ समेत गरेको छ। कटहरीया ९ डुमरिया टोलका स्वास्थ्यकर्मी  दिलिप साहको छोरा युवराज शनिबार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए। 

घरमा सुतिरहेको युवराजलाई अपहराणकारीहरुले ओछ्यानबाटै अपहरण गरेको परिवारका सदस्यहरुको अनुमान छ। शनिबार राति खाना खाएर युवराज आफ्नो कोठामा सुत्न गएका थिए। बिहान कोठामा फेला नपरेपछि अपहरणमा परेको हुन सक्ने भन्दै परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

 घर भन्दा करीव १५ किलोमिटर टाढा गढीमाई नपा ५ को बागमती नदीको किनारमा हत्या गरी शव फालेको भेटिएको हो। अपहरणकारीले अपहरित वालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैया फिरौती माग गरेका थिए  । 
‘अपहरणकारीले फोन गरेर एक करोड फिरौती रकम मागेको भन्ने जानकारी आएको छ अनुसन्धान गर्दैछौ’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चर्तुभुज ओझाले भने। मृतकका बुवा दिलिप साह अहेव हुन्। 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, यस्तै कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन। घटनाको थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 
 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.