प्रधानसेनापति क्षत्रीको अनादर !

प्रधानसेनापति क्षत्रीको अनादर !

 भक्तपुर : प्रधानसेनापति राजेन्द्र क्षत्रीको भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा अनादर भएको छ । प्रमुख अतिथि बनाइएका प्रधानसेनापति क्षत्रीको नाम नै उल्लेख नगरी कार्यक्रम आयोजकले पुरस्कार तथा प्रमाणपत्र वितरण गराएका छन्।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले प्रधानसेनापति क्षत्रीलाई प्रदेश ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि बनाएको थियो । सोही हैसियतमा कार्यक्रममा उपस्थित भएका प्रधान सेनापति क्षत्रीले अन्य व्यक्तिले प्रमुख अतिथिको हैसियतमा हस्ताक्षर गरेको प्रमाणपत्र वितरण गरे ।

सेनापति क्षत्रीले भक्तपुर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्ताक्षर गरेको प्रमाणपत्र वितरण गरेका छन् । प्रमाणपत्रमा कार्यक्रममा उपस्थित नै नभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टको पनि हस्ताक्षर छ ।

कार्यक्रममा उपस्थित नभएका व्यक्तिलाई प्रमुख अतिथिमा हस्ताक्षर गर्न लगाएर प्रमाणपत्र वितरण गर्न लगाइँदा फाइनलको प्रमुख अतिथि बनेका प्रधानसेनापति क्षत्रीको अनादर भएको भन्दै खेलाडी तथा प्रशिक्षकले आपत्ति जनाएका थिए । प्रधानसेनापति जस्तो राज्यको महत्वपूर्ण व्यक्तित्वको अनादर हुने गरी प्रमाणपत्र वितरण गरिएकोमा उनीहरूले विरोध गरेपछि प्रतियोगिता संयोजक इन्द्रभक्त चित्रकारले प्राविधिक गडबढी भएको भन्दै क्षमा मागेका थिए ।

उनले प्रमाणपत्र बनाउनेबाट त्रुटि हुँदा फाइनल तथा पुरस्कार वितरणका प्रमुख अतिथि प्रधानसेनापति क्षत्रीको नाम उल्लेख नभएको स्पष्टीकरण दिए ।

‘हामी प्रतियोगितामा व्यस्त हुँदा प्रमाणपत्रमा ध्यान दिन सकिएन’, प्रतियोगिता संयोजक चित्रकारले भने, ‘प्रमाणपत्र बनाउनेले उद्घाटन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई नै फाइनलको प्रमुख अतिथि बनाइदिए ।’

प्रमाणपत्रमा प्रमुख अतिथिको हस्ताक्षर गर्ने सांसद बस्नेतले शुक्रबार उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.