बजार नपाउँदा तरकारी बारीमै कुुहियो
सन्धिखर्क : बजार नपाउँदा तरकारी बारीमै कुुहिएको छ । अर्गाखाँचीको पाणिनीमा उत्पादित तरकारीले बजार नपाउँदा बारीमै कुुहिएको हो । बजार पठाउन नसकेर तरकारी बारीमै कुुहिएपछि अर्घाखाँची पाणिनीका किसान चिन्तित बनेका छन् । व्यावसायिक तरकारी खेतीमा लगानी गरेका किसानले सडक नहुुँदा तरकारी बिक्री गर्न सकेका छैनन् ।
अर्घाखाँचीमा पछिल्लो समय व्यावसायिक कृषिको लहर नै चलेको छ । तर बजार व्यवस्थापन नहुुँदा किसान निराश छन् । पाणिनीको फर्सवामा तरकारी खेती गरेका कृषकले उत्पादित तरकारी बजारसम्म पुु¥याउन राम्रो सडक र यातायात सुुविधा छैन ।
फर्सवाबाट गाउँपालिकाको केन्द्रमा पर्ने दुुर्गाफाँटमा आउन जम्मा पाँच किलोमिटर पर्छ । उनीहरूले डोकोमै तरकारी बजारसम्म ल्याउने गरेका छन् । सो स्थानमा ११ जना किसानले व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मुुक्तिनाथ पराजुुलीले बताए । अहिले उनीहरूको खेतमा टमाटर, काँक्रो, फर्सी, सिमी, बन्दा, लौका, मुुला, गाजरलगायत तरकारी उत्पादन भएका छन् । बजार पुु¥याउन नसक्दा मुुला, गाजर र टमाटर खेतमै कुुहिएको छ ।
‘टमाटर टिप्ने हो भने झन्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नुु? बजार पुु¥याउन यातायातको सुुविधा छैन, स्थानीय ४४ वर्षीय कृषक हरिप्रसाद ज्ञवालीले भने, ‘डोकोमा बोकेर कहाँ लगेर बेच्नुु ? ’
डोकोमा डुुलाउँदा पनि गाउँमा तरकारी बिक्री हँुुदैन । सहरसम्म पुु¥याउन कठिन छ । किसान गंगाबहादुुर नेपालीले भने, ‘गाडी चल्दैन कसरी पुु¥याउने ? तरकारी खेती गरेर घरखर्च चल्छ कि भनेको कुुहेर गयो ।’
गत वर्ष झन्डै पाँच लाखको टमाटर कुुहेर गएको यी किसानहरू बताउँछन् । १० वटा टनेलमा लगाएको टमाटर बिक्री गर्न नसकेर लगानी उठाउन कठिन भएको किसान हरि भुुसालले बताए । मुुला, गाजर, फर्सी र काँक्रा पनि कुुहेर गएको उनले बताए । सन्धिखर्क र पाल्पाको तानसेन पुु¥याउन सक्यो भने राम्रो मूल्य पर्ने किसानलाई जानकारी छ । तर यातायातको असुुविधाका कारण समस्या भएको गुुनासो गर्दै आएका छन् ।
सरकारले कृषिमा आधुुनिकीकरण, व्यावसायिकता, र बजारीकरणका नाममा करोडौं रकम लगानी गरे पनि बर्सेनि किसानले तरकारी कुुहाउन बाध्य छन् ।
किसानले व्यावसायिक खेती भएको स्थानको केन्द्रमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन् । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युुत गौतमले किसानको उत्पादन बजार पुु¥याउन सहज हुुने यातायात व्यवस्थापनमा पालिकाले जोड दिएको बताए ।
फर्सहवामा व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । अर्घाखाँची तरकारीमा आत्मनिर्भर छ । यहाँ उत्पादन भएको वस्तुु सहज रूपमा बजार पठाउन सके प्रदेश ५ कै तरकारीको मागलाई थेग्ने किसान बताउँछन् । अर्घाखाँचीको उत्पादन गुुल्मी र पाल्पामा बढी खपत हुुने गरेको छ ।