नानीबाबुसँग सुकन्या वाइबाका मनका कुरा

नानीबाबुसँग सुकन्या वाइबाका मनका कुरा

सुुुुकन्या वाइबा

हामीले आमाको माया अनुुुुभव गर्न पाएनौं । बुुुुवाको रेखदेखमा हुुुुर्कियौं । बुुुुवा लिगिंया टी स्टेटमा डाक्टर हुुुुनुुुुहुुुुन्थ्यो । अंग्रेजसँग खटपट भएपछि उहाँले काम छाडेर दार्जिलिङ सहरमा मोडर्न मेडिकल हल खोल्नुुुुभयो । आमा, दिदी, मसँगैको जुुुुम्ल्याहा दाजुुुु पनि बितेपछि बुुुुवा हतास हुुुुनुुुुभएछ । उहाँले देवताका थान भत्काउने र चिना जलाउने जस्ता काम पनि गर्नुुुुभएछ । हामी फुुुुपूको छोरी, काकाको छोरी, ठूली दिदीको लाडप्यारमा हुुुुर्कियौं ।

बुुुुवाको मेडिकल हल एकाएक एउटा कोठामा सीमित भयो । हामी लिम्बू बस्तीको कर्मकोठीस्थित आठ नम्बर घरमा स¥यौं । यो सहरबाट निकै टाढा थियो । हामी बुुुुवालाई हिरो मान्थ्यौं । उहाँले हामीलाई कथा सुुुुनाउनुुुुहुुुुन्थ्यो, दर्शन सिकाउनुुुुहुुुुन्थ्यो । गीत, कविता, श्लोक भन्न लगाउनुुुुहुुुुन्थ्यो । हामी बुुुुवाको मुुखमा हेरेको हे¥यै हुुन्थ्यौं । नेहरू, गान्धी, बोसका कथा हामीले उतिबेलै सुुनेका थियौं । मेलवादेवीका गीतसमेत जान्ने भएका थियौं । बुुुुवा कथा भन्दाभन्दै बीचैमा छाडेर अर्को दिनलाई राख्नुुुुहुुुुन्थ्यो । यसले हामीमा अझ उत्सुुुुकता बढ्थ्यो । हामी हिजोको बाँकी कथा सुुन्न व्यग्र प्रतीक्षारत हुुुुन्थ्यौं । साँझ परेपछि बुुुुवालाई भ¥याङमा पर्खिएर बस्थ्यौं ।

बुुुुवा हरेक कुुुुरामा अनुुुुसन्धान गर्नुुुुहुुुुन्थ्यो । छरछिमेकीसँग उहाँको धेरै हिमचिम थिएन । घरबेटीकहाँ एकपटक पुुुुग्नुुुुहुुुुन्थ्यो । उहाँ दिनहुुुुँ दुुुुई घन्टा योगासन र दुुुुई माइल हिँड्ने काम गर्नुुुुहुुुुन्थ्यो । उहाँ हाम्रो कपाल कोरिदिनुुुुहुुुुन्थ्यो । होमवर्क गराउनुुुुहुुन्थ्यो । जाँडरक्सी खानुुुु हुुुुन्नथ्यो । उहाँको रुटिन लाइफ थियो । बुुुुवा खानमा पनि सौखिन हुुुुनुुुुहुुन्थ्यो । सधैं रोटी खाने बानी थियो । दाँतको कसरत भन्दै उहाँ सधैं भुुुुटेको मकै खानुुुुहुुुुन्थ्यो । बुुुुवा बलियो भएरै होला उहाँले भूत पछारेको हल्ला गाउँमा फैलिएको थियो । बुुुुवाको जीवनशैलीको हामी सबैमा प्रभाव प¥यो ।

मानेको छेउमा भएर होला हाम्रो स्कुुुुललाई माने स्कुुुुल भन्थे । त्यहाँ डेस्क बेन्च थिएनन् । हामी काठको भुुुुइँमा बसेर पढ्थ्यौं । हामीसँग कापीकलम पनि थिएनन् । भुुुुइँमा अक्षर कोरिएको हुुुुन्थ्यो । पछि बुुुुवाले सहरको स्कुुुुल पठाउन थाल्नुुुुभयो । टाढा भए पनि हिँडेरै जाने चलन थियो । म स्कुुुुल जान मान्दिनथेँ । पारिजात दिदी स्कुुुुल जान औधी रुचाउनुुुुहुुुुन्थ्यो । मलाई ठुुुुल्दिदीले जगल्टामा समातेर लछार्दै सडकमा निकाल्नुुुुहुुुुन्थ्यो । त्यसपछि म पनि लाजले लुुुुसुुुुलुुुुसुुुु स्कुुल जान्थेँ ।

म सानोमा ठूूलीआमासँग पनि बसेँ । पारिजात दिदीलाई बुुुुवाले नै हुुुुर्काउनुुुुभयो । खुुुुब सुुुुखले पाल्नुुुुभएको थियो । सानैदेखि दिदीको स्वास्थ्य कमजोर थियो । म सानामा धेरै खाना खान्थेँ । जुुुुम्ल्याहा भएकाले मेरो आँत टुुुुटेको भन्थे । म पढ्नमा धेरै मेहनती थिएँ । अतिरिक्त क्रियाकलापमा पनि सिपालुुुु थिएँ । कप, सिल्ड, पुुुुरस्कार जितेर ल्याउथेँ ।

एकपटक घरबेटीकहाँ पूूजा थियो । बाहुुुुन पुुुुरोहित बोलाइएको थियो । बाजेका लागि विशेष परिकार बन्दै थियो । घिउमा फुुराइएको आलुुुु, पुुुुरीको वास्ना आइरहेको थियो । हामी केटाकेटीले यस्तो खान पाउने कुुुुरै थिएन । बज्यैले खाना लिएर गएको बेला मैले सबै आलुुुु झिकेर खाइदिएँ । पछि पुुुुरोहितलाई थप्नेबेलामा कराही रित्तो थियो । त्यतिबेलाको आलुुको स्वाद मेरो जिब्रोमा आज पनि छँदैछ । म आजकल पनि तारेको आलुुुु मन पराउँछुुुु ।

हामी निकै बदमास हुुुुँदै गयौं । धेरैले आमा नभएर यस्ता भएका पनि भन्थे । कसैले आठ नम्बरका बाँदर पनि भन्थे । बिदामा जंगल जान्थ्यौं । भद्राक्षे, कटुुुुस, लाप्चेकाउलो, चिनीअम्बक, चुुुुथ्रो, असारे, गुुुुराँस टिपेर खाथ्यौं । उन्युुुुका कुुुुण्डल लगाउँथ्यौं । श्रीपेच बनाएर लगाउँथ्यौं । जाडोको समयमा दाउरा खोजेर ल्याउँथ्यौं । आगो बालेर ताप्थ्यौं । दाउरा नल्याउनेले आगो ताप्न नपाउने नियम बनाएका थियौं । जाडोको समयमा हुुुुने दुुुुईमहिने बिदा रमाइलो गरेरै बिताउँथ्यौं । आलुुुु पोलेर खान्थ्यौं । म रूख चढ्न सिपालुुुु थिएँ । हाँगा नभएका सुुुुरिला रूखमा पनि सजिलै चढ्थेँ ।

केटाकेटी हुुुुँदा मीत लाउने चलन थियो । मीत लाउँदा टाउको ठोक्काउने, कपाल उखेलेर साथीको टाउकोमा राख्ने र चिनो साट्ने चलन थियो । एक पटक पारिजात दिदीले मीत लगाइसकेको दिदीसँग मैले पनि मीत लाउन पुुगेँछुु । हाम्रो घरमा बुुुुवाले चाडबाड मान्न र पूजाआजा गर्न रोक्नुुुुहुुन्थ्यो । ठूली दिदीले ढिपी गरेपछि दसैंमा टीका लगाउँथ्यौं । सरस्वती पूजामा पारिजात दिदी व्रत बस्दा बुुुुवाले गाली गर्नुुुुहुुन्थ्यो । शरीर भनेको इन्जिन जस्तै हो खाली राख्नुुुु हुुन्न भन्ने उहाँको मान्यता थियो । टोलटोलमा हुुने सरस्वती पूजामा हामी सामेल हुुुुन्थ्यौं । रमाइलो गथ्र्यौं ।

हामी दिदीबहिनी सबै जनाको कपाल घुुुुम्रिएको थियो । कपाल कोर्ने बेलामा हाम्रो भागम्भाग हुुुुन्थ्यो । यसबाट दिक्क भएर बुुुुवाले टी स्टेटकी एक जना कडा स्वभावकी दिदीलाई कपाल कोर्नकै लागि बोलाउने गर्नुुुुभएको थियो ।

 बिदाको समयमा प्रकृतिको अवलोकन गर्न निस्किने गर्नुुुुपर्छ । सामाजिक काममा सहभागी हुुने गर्नुुुुपर्छ । स्वास्थ्य तन्दुुुुरुस्त राख्नका लागि खानपानमा समेत विशेष ध्यान दिन जरुरी छ ।

हामी २०११÷१२ सालतिर काठमाडौं आयौं । हाम्रो दाजुुुु २००७ सालअघि नै बीपी कोइरालाहरूसँग काठमाडौं आइसक्नुुुुभएको थियो । बुुुुवाले पुुुुतलीसडकमा मेडिकल खोल्नुुुु भएको थियो । त्यो खासै चलेन । मैले नेसनल कलेजबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक गरेँ । अनि काम गर्न थालेँ । तलब मासिक एक सय रुपैयाँ थियो । हाम्रो पुुुुतलीसडकको भाडा त्यतिबेला मासिक १८ रुपैयाँ थियो । पछि मैले विदेशी संस्थामा काम गर्न थालेपछि हाम्रो अवस्था माथि उठ्न थाल्यो, दुुःख हट्दै जान थाल्यो ।

भाइबहिनीले आफ्नो काम आफैं गर्ने बानी गर्नुुुुपर्छ । सानातिना कामबाटै यसको थालनी गर्नुुुुपर्छ । चिया, खाजा, खाना खाइसकेपछि जुुुुठा भाँडाकुुुुँडा माझ्ने ठाउँसम्म लैजानुुुुपर्छ । आफ्ना किताब कापी आफैं मिलाएर राख्नुुुुपर्छ । आफू सुुुुतेको ओछ्यान मिलाउने र सिरक पट्याउने काम गर्नुुुुपर्छ । यसले आत्मअनुुशासन र आत्मविश्वास पनि बढेर जान्छ ।

हिजोआज अधिकांश भाइबहिनीको मोबाइलमा झुुुुन्डिने लत लागेको छ । यसले मुुुुटुुुुरोग र आँखाको रोग निम्त्याउने गरेको विभिन्न अध्ययन अनुुसन्धनमा पढ्न पाइन्छ । बिदाको समयमा प्रकृतिको अवलोकन गर्न निस्किने गर्नुुुुपर्छ । सामाजिक काममा सहभागी हुुने गर्नुुुुपर्छ । स्वास्थ्य तन्दुुुुरुस्त राख्नका लागि खानपानमा समेत विशेष ध्यान दिन जरुरी छ ।

कोर्सका किताब मात्र पढेर हामीलाई पुुुुग्दैन । त्यसकारण बाल साहित्यका किताब रुचिअनुुुुसार पढ्ने बानी गर्नुुुुपर्छ । पत्रपत्रिका किन्ने बानी गर्नुुपर्छ । दार्जिलिङबाट बुुुुवा काठमाडौं आउनुुुुहँुुुुदा यहाँको आँखा बाल पत्रिकाको ग्राहक बन्नुुुुभएको रहेछ । दिदी र म यो पत्रिका खुुुुब पढ्थ्यौं । हामी दार्जिलिङमा हस्तलिखित पत्रिका पनि निकाल्थ्यौं र टोलटोलमा साटासाट गरेर पढ्थ्यौं । हामीलाई प्रियकुुुुमार दाजुुुु, घरबेटी दाजुुुु खिदमद सुुुुब्बाले सहयोग गर्नुुुुहुुुुन्थ्यो । उहाँ निकै राम्रो चित्र बनाउनुुुुहुुुुन्थ्यो ।

मेरो जीवनमा दिदी पारिजातको धेरै प्रभाव परेको छ । उहाँले मर्ने बेलामा ‘तँ धेरै सोझी छस् । तर, जीवनभर हिम्मत नहार्नू’ भनेको कुुुुरालाई जीवन मन्त्र बनाएकी छुुुु । म पनि मेरा प्यारा भाइबहिनीलाई जस्तोसुुुुकै अवस्थामा पनि हिम्मत नहार्न र संघर्ष गर्न सल्लाह दिन्छुुुु ।’

(वाइबासँग समीरबाबुुुु कट्टेलले गरेको कुुुुराकानीमा आधारित ।)

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.