राजपा महाधिवेशन वैशाखमा

राजपा महाधिवेशन वैशाखमा

काठमाडौं ः राजपाले पार्टी महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ। काठमाडौंमा जारी बैठकले महाधिवेशनको मिति तोक्दै पार्टीको विधान संशोधनसमेत गरेको छ।

तराई–मधेसमा क्रियाशील विभिन्न ५ राजनीतिक दलबीच २०७४ वैशाख ७ मा एकीकरण भएर राजपा गठन भएको थियो। राजपाले त्यस बेला पार्टी विधानमा एक वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेको थियो। त्यसयता राजपाको महाधिवेशन हुन सकेको छैन।

समयमै महाधिवेशन हुन नसकेपछि राजपा राजनीतिक समितिको ४, ५ र ६ असारमा बसेको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी विधान संशोधन गरेको हो। ‘हामी अब पार्टी महाधिवेशन आगामी वर्षको वैशाख ७, ८ र ९ गते भव्यतापूर्वक गर्ने निर्णयमा पुगेका छौं’, राजपा महासचिव केशव झाले भने, ‘स्थानको भने टुंगो लागेको छैन, अब बस्ने राजनीतिक समिति बैठकले टुंगो लगाउनेछ।’


महाधिवेशन आगामी वर्ष गर्ने भएपछि राजपाले पार्टी विधान संशोधन गरेको छ।

विधानको धारा २२(१०) लाई राजनीतिक समितिले संशोधन गर्दै महाधिवेशनको मिति नै विधानमा उल्लेख गरेको हो। विधान संशोधन गरेको राजपाले निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ। महाधिवेशनबाट पार्टी संगठनात्मक संरचना केकस्तो बनाउने मस्यौदा तयार पार्न बैठकले विधान परिमार्जन समिति पनि बनाएको छ। राजपाले नेताहरू लक्ष्मणलाल कर्ण, सर्वेन्द्र्रनाथ शुक्ल र वृजेशचन्द्र लाल रहेको तीन सदस्यीय समिति बनाएको छ।

समितिले आगामी २१ असारमा फेरि बस्ने राजनीतिक समिति बैठकमा विधानको मस्यौदा बुझाउनुपर्नेछ। राजपाको अहिले अध्यक्षमण्डल प्रणालीमा संगठनात्मक संरचना छ। महाधिवेशनपछि अध्यक्ष प्रणालीमा गएर एक जना अध्यक्ष रहने गरी पार्टी विधान बनाउनुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका छन्। सोही आधारमा विधान परिमार्जन समितिले विधानको मस्यौदा गर्ने राजपा महासचिव झाले बताए।

राजपाले अहिलेसम्म पार्टी संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन। संसदीय दलको विधान पारित गर्दै आगामी १२ गतेसम्म संसदीय दलको नेता चयन गरिसक्ने पनि राजपा नेताको भनाइ छ। ‘हामी संसदीय दलको नेता अब असार १२ भित्रै चयन गरिसक्छौं’, झाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.