चीनमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर
हरि लामिछाने
बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। भ्रमणको तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो। कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए।
त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए। ग्रेट हल अफ दि पिपलमा बिहीबार भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।
प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए। अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो। रासस
पढ्नुहाेस्
- चक्रपथमा मोनो रेल सञ्चालन गर्ने जिम्मा चिनियाँ कम्पनीलाई
- चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ गर्ने निजी क्षेत्रको चाहना
- उर्जा, रेल र पुनर्निमाणमा चीनसँग सम्झौता : प्रधानमन्त्री
- बुधबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
- चिनियाँ लगानीकर्ता करीब ९ सय मेगावाट क्षमताका आयोजनामा लगानी गर्ने
- प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता