चट्याङ लागेर एककाे मृत्यु
विराटनगर : मोरङको धनपालथान गाउँपालिका ७ कदमाहका ४५ वर्षीय रसुल मियाँको चट्याङले लागेर बिहीबार मृत्यु भएको छ । आफ्नो खेत जोतेर घरतर्फ फर्कदै गर्दा विहान ११ बजे बाटोमै मियाँलाई मुसलधरे वर्षासंगै परेको चट्याङले लागेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका उनको शव जिल्ला अस्पताल रंगेलीमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।
।