यी हुन् चीनमा ओलीले गरेका १० सम्झौता

यी हुन् चीनमा ओलीले गरेका १० सम्झौता

बेइजिङ :  बेइजिङको ग्रेट हल अफ पिपुल्समा बिहीबार नेपाल र चीनका प्रधानमन्त्री र प्रतिनिधिमण्डलकाबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुवै देशका प्रतिनिधिबीच दुईपक्षीय सम्बन्धका विषयमा छलफलपछि केही सम्झौता भएका छन् । 

दुई देशका प्रतिनिधिबीच भएको वार्ताका क्रममा दुईपक्षीय सम्बन्ध सुधार गर्ने कनेक्टीभीटी, व्यापार, पर्यटन र लागानीका क्षेत्रका परियोजना अन्र्तगत सहयोग अघि बढाउने विषयमा सम्झौता भएको छ

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुवै देशका परराष्ट्रमन्त्रालयहरुबीच सहमति कार्यान्वयनका लागि संयन्त्र निर्माण गर्ने विषयमा सम्झौता भएको छ । यस्तै नेपालका परराष्ट्रमन्त्री र चिनियाँ विदेश मन्त्रीबीच दुवै देशबीच सहयोग विस्तार गर्ने विषयमा पनि सहमति भएको छ । नेपालका ऊर्जा मन्त्री वर्षमान पुन र चीनका राष्ट्रिय उर्जा निर्देशक नुवेर वारकेलीबीच ऊर्जा सम्झौता गरेका छन् ।

रेलमार्ग निमार्ण सम्बन्धि सभ्झौतामा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रघुवीर महासेठ र चिनियाँ समकक्षी ली सियोफिङले हस्ताक्षर गरेका छन् । उनीहरुले नेपालको कार्गो यातायतका लागि चीनको यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्ने सम्बन्धि सम्झौतापत्रमा समेत हस्ताक्षर गरेका छन्। 

त्यस्तै सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने बारे पनि सम्झौता भएको छ । ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयुबीच हस्ताक्षर भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.