महिलाको सक्रियतामा अतिक्रण हटाइयो

महिलाको सक्रियतामा अतिक्रण हटाइयो

धनगढी : धनगढी उपमहानगरपालिका–१ मा अतिक्रमणमा परेको नाला स्थानीय महिलाको सक्रियतापछि डोजर लगाएर खाली गरिएको छ । स्थानीय महिलाहरू ढलको निकास हुनुपर्ने भन्दै सक्रिए भएर लागेपछि उपमहानगरपालिकाको पहलमा डोजर लगाएर नाला सफा गरिएको हो । नैनादेवी मन्दिरदेखि जिल्ला प्रहरी कार्यालय नजिक नालाको ८ फुट चौडाइ भएको ढल विभिन्न व्यक्तिहरूले अतिक्रमण गरेका थिए ।

स्थानीयका अनुसार सुरुमा उक्त क्षेत्रमा पानी निकास हुने नाला भए पनि बस्ती बस्दै अतिक्रमित भएको थियो । ‘पानीको निकास छैन’, स्थानीय गोमा भट्टले भनिन्, ‘ढल निकास खोज्न विभिन्न निकाय धाउँदा पनि पहल नभएपछि महिलाहरू एकमत भएर जनप्रतिनिधिको सहयोगमा अतिक्रमण हटाउने काम सुरु भएको हो ।’

डुबान भएमा सबैभन्दा बढी समस्या महिलामा नै पर्ने भएकाले उनीहरू ढल निकासका लागि असारको गर्मी पनि नभनी काममा लागि परेका छन् । ‘घर डुबानमा पर्छ, एकातर्फ खाद्यान्न डुबेको हुन्छ, अर्कोतर्फ बच्चाहरू बचाउनुपर्ने हुन्छ’, मानमतीदेवी बडालले भनिन्, ‘त्यतिबेला हेर्दैनन् ।’ नापी मालपोत र नगरपालिकालाई पटक पटक नालाको क्षेत्र खाली गरिदिन आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ ।

स्थानीय जयमालिका कलेजले नै नालामा कलेजको शौचालय बनाएपछि स्थानीय बढी आक्रोशित भएका हुन् । जय मालिका कलेजले नालीमै पक्की संरचना खडा गरेपछि स्थानीय महिलाको आग्रहमा डोजर लगाएर अतिक्रमण हटाइएको छ । स्थानीय पुष्पराज भट्टले समाजलाई सही दिसामा डो¥याउने कलेजहरू नै गलत कार्यमा लागेकोप्रति आश्चार्य प्रकट गरे । उक्त ठाउँबाट पानीको निकास नहुँदा हरेक वर्ष डुबानमा पर्ने क्षेत्र हो ।

‘अघिलो वर्षको नगरपरिषद्ले यस क्षेत्रमा नालीको लागि सभाव्यता अध्ययन गर्ने भनिएको थियो’, वडा–१ का अध्यक्ष सन्तोष मुडभरीले भने, ‘अब आउने परिषद्ले बजेट छुट्याएर नाली निर्माणको कार्य अघि बढाउनेछ ।’

उक्त क्षेत्रमा झण्डै एक किलोमिटर अतिक्रमित नाली खाली गरी निर्माण गरिने लक्ष्य रहेको उनले जानकारी दिए । धनगढीमा बस्ती बढ्दै गएपछि प्राकृतिक रूपमा पानी बग्ने नालाहरू अतिक्रमण गर्ने क्रम तीव्र रूपमा बढको छ । जसका कारण वर्षायाममा एक घण्टा पानी पर्ने बित्तिकै धनगढी डुबानमा पर्ने स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.