कर्नालीका कुुरा
‘ज्ञान तब प्राप्त हुुन्छ जब वस्तुुको प्रत्यक्ष अवलोकन र अध्ययन गरिन्छ’, कर्नाली संग्रहालय प्रवेश गर्नासाथ सबैले देख्नेगरी टाँसिएको छ यो वाक्य । भने वा सुुनेको कुुरा बिर्सन सकिन्छ, देखेका कुुरा केही याद रहन्छन् । तर जब कुुनै विषयको अध्ययन गरिन्छ वा अझ अवलोकन गरिन्छ तब त्यो दिमागमा रहिरहन्छ । भाइबहिनी हो, राजधानीमा बसोबास गर्ने तिमीहरू पक्कै पनि काठमाडौं फन भ्याली पुुगेकै होलाऊ । हो, पौडी र विविध खेल खेलेपछि वा खेल्नुुअगाडि नै तिमीहरूले यो संग्रहालय अवश्य अवलोकन गर्नेछौ र यसबाट गहिरो ज्ञान बटुुल्नेछौ ।
भनिन्छ, ‘बरु विदेश पुुग्न सहज छ कर्णाली पुुग्न कठिन छ ।’ दूरदराजमा रहेको कर्णाली अञ्चलमा तिमीहरू कुुनै बेला पुुगौला नपुुगौला । तर विद्यावारिधि गर्ने क्रममा गोविन्द नेपालीले संकलन गरेका कर्णाली अञ्चलका सबै जिल्लाका पुुराताŒिवक एवं सांस्कृतिक सामग्रीबारे यस संग्रहालयमा विशेष ज्ञान पाउनेछौ । संग्रहालय खुुलेको अढाई महिनामै तिमीहरूजस्तै थुुप्रै विद्यार्थी, स्वदेशी र विदेशी गरी ४५ हजारले यसको अवलोकन गरिसकेका छन् । इस्ट प्वाइन्ट एकेडेमीमा कक्षा १० मा पढ्ने विद्यार्थीले अवलोकनपछि आगन्तुुक पुुस्तिकामा अंग्रेजी भाषामा लेखेका छन्, ‘यो एकदमै युुनिक ठाउँ हो, जहाँ प्राचीन जनताका सामाजिक पक्ष र सभ्यता साथै तिनको संस्कृति, परम्परा र गहना आदि छन् ।’
नौलो ज्योति इङ्लिस स्कुुलका ईशा र स्नेहा श्रेष्ठले कर्नाली ढुुकुुरी (संग्रहालय) अवलोकनपछि ‘रियल्ली अमेजिङ’ भनेका छन् । विविध प्राचीन सामग्री अध्ययन गर्ने अवसर भन्दै उनीहरूले कर्णाली र नेपालमात्र नभएर एसियाली मुुलुुककै जीवनशैलीबारे पनि सिक्न पाएको बताएका छन् । संग्रहालयमा ३७ वर्षदेखि दुुई सय ८० वर्ष पुुराना पुुराताŒिवक महŒवका सामग्री संकलन गरिएका छन् । संग्रहालयमा दुुई सय वर्ष पुुराना ढुुंगाले बनेका पञ्चदेवल देख्न पाइन्छ । खस सभ्यताको विकाससँगै संस्कृति जोगाउने हेतुुले निर्माण गरिएका यी पञ्चदेवल कर्णालीका इष्ट देवताका लागि ठाउँठाउँमा निर्माण गरिएका थिए । ‘तीन तिरुपाते’ काठको ढोलट डमरु पनि भेटिन्छ जुुन झाँक्रीको तीन अनुुहारजस्तै छ ।
तिमीहरूले चाँदीको असरुपी बाला देखेका छौ ? तुुथो जडान गरी जन्तरमन्तरसहित निर्माण गरिएको यस्तो बाला पनि तिमीहरूले यहाँ देख्न पाउनेछौ । नयाँ पुुस्तालाई फेरुवा, काँडेढुुंग्री, बुुलाकी, ढुुक्के, स्टकोट, चक्रीजस्ता कुुरा पक्कै पनि थाहा नहुुन सक्छ । खस राज्यको पहिचान र भेषभूषालाई अझैसम्म आत्मसात् गर्दै आइरहेका कर्णालीका महिलाले यी सबै लगाएको देख्नेछौ । सम्भवतः तिमीहरूले चलचित्रमा बाहेक युुद्ध देखेका छैनौ होला । छालाबाट बनेको ‘रैटा’ त सबै हजुुरबा पुुस्ताले पनि नदेखेको हुुनसक्छ । दुुई सय ७८ वर्ष पुुरानो रैटा लडाइँका बेला आत्मसुुरक्षाका लागि योद्धाहरूले यसको प्रयोग गर्थे । त्यो पनि संग्रहालयमा छ । यहाँ धेरै महिलाले पनि नसुुने र नदेखेको सुुनको ‘१२ कोसे लाहुुरे फुुली’ पनि देख्न पाइन्छ ।
‘स्याउले अम्खोरा’ अथवा ‘भुुँडीमुुखे अम्खोरा’ पनि धेरैलाई नयाँ हुुनसक्छ । एक सय ३० वर्ष पुुरानो यो अम्खोरा पित्तलबाट बनेको हो । धेरैले सुुनेको र टेलिभिजनमै भए पनि देखेको ताल हो रारा । रारा रहेको कर्णालीको एउटा जिल्ला हो, मुुगुु । हो त्यही मुुगुुका बासिन्दालाई मुुगाली भनिन्छ । मुुगाली महिलाले एक सय ५० वर्षअघि लगाएका ‘छैना बाला’ले प्राचीन सभ्यताको झल्को दिएको छ । यी हाते बाला विभिन्न धातुु मिसाएर बनाइएको हो । कर्णालीमा दुुई सय १३ वर्षअघि खस राजाले राज्य गर्थे । संघीयता लागू भएपछि अहिले नेपालमा सात प्रदेश छन्, तीमध्ये ६ नम्बरको प्रदेशलाई हाल ‘कर्णाली’ नामकरण गरिएको छ । उसबेला खस राजाहरूले ‘चुुठो’ प्रयोग गर्थे, मृगको छालाबाट बनेको यसलाई तेलमा राखी उनीहरूले विशेष भोजमा प्रयोग गर्थे ।
फन भ्यालीभित्रको छेवैको पोखरीमा पौडी खेले शारीरिक रूपमा स्वस्थ हुुनेछौ । मानिसलाई मानसिक रूपमा स्वस्थ हुुनुु उत्तिकै जरुरी छ जुुन सँगै रहेको संग्रहालयले दिनेछ । जबसम्म विद्यार्थीले कर्णालीको जनजीवन बुुझ्दैनन्, तबसम्म आफ्नो देश ‘नेपाल’ बुुझ्दैनन् । त्यसैले सर्सर्ती कर्णाली बुुझ्न तिमीहरूलाई गोविन्द दाजुुले काठमाडौं उपत्यकाभित्रकै फन भ्यालीमा अवसर जुुटाइदिएका छन् । तिमीहरूलाई थाहै होला, सूचनाप्रविधिको यो समयमा जति धेरै ज्ञान बटुुल्यो, हामी त्यति नै धनी हुुन्छौं ।