सडक निर्माणका क्रममा झडप : तीन घाइते

सडक निर्माणका क्रममा झडप : तीन घाइते

गौरः रौतहटको बौधिमाई नगरपालिकामा सडक विस्तार र ढलान  गर्ने क्रममा झडप हुँदा तीनजना घाइते भएका छन्।

वडा कार्यालयले जबरजस्ती बाटो बढाएर निजी जमिनमा क्षति  पुर्याएको भन्दै शनिवार साँझ बाटो निमार्ण समिती र जग्गा धनीबीच  झडप भएको हो। दुईजना घाइतेलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ। अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्। 

नगरपालिका ७ बंकुलका वडा अध्यक्ष विजय कुश्वाहाले जबरजस्ती सडक विस्तार गर्न लागेको भन्दै दुई पक्षबीच झडप भएको हो। निजी जमिन बाट जबरजस्ती आवश्यकता भन्दा बढी चौडा पारेर सडक निमार्ण गर्न थालेपछि जग्गाधनी शिव गोविन्द कुश्वाहाले एक महिना अघि विरोध गरेका थिए।

जिल्ला अदालत गौरले विवादित कामलाई हेर्नका लागि प्रहरीलाई पत्र पठाएको भएपनि जबरजस्ती सडक ढलान गर्न खोजिएको  शिव गोविन्दले बताए। झडपमा शिव गोविन्द कुश्वाहा, महानन्द कुश्वाहा, रामेश्वर कुश्वाहा घाइते भएका छन्।

वडाअध्यक्ष विजय कुश्वाहा पक्षका व्यक्तिले हतियार प्रहार गरी घाइते बनाएको पीडितको भनाइ छ। वडाको बजेट ५० लाखमा  ५ सय मिटर सडक ढलान गर्ने योजना रहेको र १५ मिटर ढलान गर्न बाँकी हुँदा काममा अवरोध गरेपछि विवादपछि झडप भएको वडा अध्यक्ष कुश्वाहले बताए।

घाइते पक्षले वडा अध्यक्ष लगायतसँगै अएका व्यक्तिले हतियार प्रहार गरी कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.