पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
बिर्तामोड : झापाको शिवसताक्षी नगरपालिकामा पैनीमा डुबेर एक बालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका ७ सिंहहाङगे स्थित पैनीमा डुबेर नगरपालिका-२ का डम्बर बहादुर विश्वकर्माका छोरा गणेश विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथीसँग पौडी खेल्न गएका गणेश पानीमा डुबेपछि उपचारका लागि लाईफलाईन अस्पताल दकम लगिएको थियो।बालकको उपचारका क्रममा सोही अस्पतालमा सोमबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
उता उदयपुरको कटारी नगरपालिका-६ आँपटार बस्ने गणेश विश्वकर्माका १४ वर्षीय छोरा डिके विश्वकर्माको स्थानीय बैजनाथ डुबेर ज्यान गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ।
खोलामा नुहाउने क्रममा बालकको सोमबार दिउँसो डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।