मोबाइलबाटै बचत र रकम झिक्ने सुविधा

मोबाइलबाटै बचत र रकम झिक्ने सुविधा

विराटनगर : मोरङ बैजनाथपुरकी निर्मला सरदार वचत गर्ने पैसा लिएर छिमेकी बिना सरदारको पसल पुगिन्। रकम बुझाइन्, दुई मिनेटपछि मोबाइलमा एसएमएस आयो।आवाज सुनियो तपाईंको खातामा दश हजार रुपैयाँ बचत भयो। 

मोरङ झोराहाटकी बिस्नीदेवी सरदारले बैंकलाई बुझाउनुपर्ने किस्ता जम्मा गराइन्।त्यसको मोबाइल सन्देश पनि तुरुन्त आयो।गाउँमै मोबाइल बैङ्किङ सुरु भएपछि अहिले ग्रामीण महिलालाई रकम झिक्न, वचत जम्मा गर्न र बैंकको किस्ता तिर्न निकै सहज भएको छ।

निर्मलाले भनिन्,'अहिले त सबै काम बैंकबाट हुने भयो। कार्यालय धाउनु पर्ने समस्या नै हट्यो।' पसलमा सामान खरिद गर्दासमेत मोबाइलबाटै रकम तिर्ने व्यवस्था भएकाले पैंसा बोकेर हिंड्नु पर्ने समस्या टरेको विस्नीदेवीले बताइन्।

जीवन विकास समाजले सञ्चालन गरेको लघुवित्त कार्यक्रमअन्तर्गत समेटिएका सदस्यलाई मोबाइलबाटै सेवा दिने व्यवस्था गरेपछि ग्रामीण महिलासमेत मोबाइल बैंकिङको पहुँचमा पुगेका छन्। समाजको झोराहाट शाखाका अनुसार प्रारम्भिक चरणमा ६ ठाउँमा डिजिटल सदस्य सेवा केन्द्र सञ्चालन गरी सेवा दिन सुरु गरिएको हो। 

शाखा प्रमुख मैया राईले भनिन्, 'संस्थाले नै बनाएको मोबाइल एप्समार्फत सेवा सुरु गरिएको हो।' वचतकर्ताले रकम जम्मा गरेको रकम शाखा कार्यालयको खातामा सोझै जम्मा हुने र झिके कट्टा हुने प्रविधि जडान भएको छ। समाजका निर्देशक दामोदर रेग्मीले मोबाइल प्रयोगकर्ता ग्रामीण महिलालाई सेवा लिन सहज होस् भनेर यस्तो सेवा सुरु गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.