देशका सबै विमानस्थलमा जहाज पर्याएरै छाड्छुः कंसाकार
काठमाडौँः राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगत्रत्न कंसाकारले पहिलो वाइड बडी जहाजको स्वागत गर्दै देशभर सञ्चालमा रहेका विमानस्थलमा जहाज पुर्याउने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।
‘केही समयमा अन्रतर्राष्ट्रिय उडानमा मात्रै केन्द्रित हुँदा हाम्रो आन्तरिक बजार ध्वस्त भएको छ’, उनले भने, ‘दुई वाइड बडीले नियमित उडान भर्न थालेपछि अन्तर्राष्ष्ट्रिय उडानतर्फ हामी स्वतः सुध्रिने छौँ । अबको लक्ष्य आन्तरिक उडानलाई पनि सर्वसुलभ, सहज र सस्तो बनाउनु हाम्रो पहिलो दायित्व हो ।’
कंसाकारले नेवानिले फाइदालाई मात्रै नहरेको बताउँदै जनताको सेवालाई पनि जोड दिँदै आएको बताए । ‘नेवानिले नाफा मात्रै हेर्दैन,न घाटा खाएर भए पनि जनताको सेवा गर्छौँ’, उनले भने, ‘नेपाल नागरिक उड्ययन प्राधिकरणले सञ्चालनमा ल्याएका सबै विमानस्थलहरुमा साताको एउटा भए पनि नियमित उडान गर्नेछौँ ।’
कंसाकारले १९ सिटे जहाजमा दुईजना यात्रु बोकेर भए पनि दुर्गममा सेवा दिने बताए । ‘१९ सिटको जहाजमा २ यात्रु भए पनि उडाएरै छाड्छु’, उनलले थपे, ‘यसबाट हुने घाटा ग्राउन्ड ह्यान्डलिङ र अन्तर्राष्ट्रिय उडानमा कभर गर्नेछु ।’