जीप दुर्घटनामा ७ जनाको मृत्यु

जीप दुर्घटनामा ७ जनाको मृत्यु

सल्लेरी : सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना १ ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ। जीपमा आठजना सवार रहेको बुझिएको छ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.