जंगली च्याउ खाँदा एकै परिवारका छ बिरामी
बिर्तामोड : झापाको मेचीनगरमा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन्। मेचीनगर नगरपालिका-१४ दुवागडीमा जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा सोही स्थानका प्रेम किशान दर्जी, उनकी पत्नी सुशीला दर्जी, तीन र दुई वर्षीय छोरा,ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको प्रहरीले बताएको छ।
बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।