देउवाद्वारा शीर्ष नेतासँग छलफल

देउवाद्वारा शीर्ष नेतासँग छलफल

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका छन् । संसद्मा कांग्रेसले सशक्त भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि देउवाले कांग्रेस पदाधिकारीसहित शीर्ष नेतासँग पार्टी रणनीति तय गर्न छलफल गरेका हुन् । देउवाले बुधवार संसदीय दलको बैठक समेत डाकेका छन् ।

संसदीय दलको बैठकअघि मंगलबार साँझ पार्टीका शीर्ष नेतासँग आफ्नै निवास बुढानिलकण्ठमा देउवाले ४ घण्टा भन्दा बढी अनौपचारिक छलफल गरेका हुन् ।

कांग्रेस महासमिति बैठकअघि गठन गर्नुपर्ने विधान मस्यौदा समितिसहित पार्टीका विभाग गठन गर्नुपर्नै विभाग साथै संसद्मा पार्टीलाई कसरी प्रस्तुत गराउनु भन्नेमा देउवाले शीर्ष नेतासँग छलफल गरेको प्रवक्ता विश्वपकाश शर्माले जानकारी दिए ।

बैठकमा सभापति देउवाले नेताहरूलाई पार्टीदेखि सरकारसँग कसरी प्रस्तुत हुने भन्ने बारेमा खुला रूपमा विचार राख्न भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार प्रतिपक्षी दलले सभामुख र उपसभामुखमध्ये एक पद पाउनु कुरालाई बलियो गरी उठाउन देउवालाई नेताहरूले सुझाएका छन् । त्यसै गरी सरकारले ल्याउन लागेको शिक्षा विधेयकदेखि अन्य सन्दर्भमा समेत कडा भएर प्रस्तुत हुन देउवालाई सुझाएको प्रवक्ता शर्माले बताए । छलफलमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा.प्रकाशशरण महत, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र प्रवक्ता विश्वप्रकाश शर्मासहित १८ जना नेता सहभागी थिए ।

बैठक समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा केन्द्रित रहेको बैठकपछि नेताहरूले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘अहिलेको राजनीतिक अवस्था, लोकतन्त्र र कांग्रेस सामू देखिएका चुनौतिका विषयमा छलफल भएको थियोे’, सहमहामन्त्री डा.प्रकाशशरण महतले अन्नपूर्णसँग भने, ‘अनौपचारिक भएकोले नेताहरूबीच आन्तरिक, सहमति र एकताका लागि समेत छलफल भयो ।’

गच्छदारसँग पार्टी एकीकरण गर्दाका भेला भएका सम्झौतालाई कसरी कार्यन्वयन गर्ने भन्ने बारेमा समेत छलफल भएको नेताहरूले बताएका छन् ।

‘सभपाति देउवाले नेकपा नेतृत्वतको सरकारले राज्यका हरेक निकायमा गर्न थालेको हस्तक्षेप, न्यायालय र पे्रसमाथिको हस्तक्षेपकाविरुद्ध कसरी अघि बढ्ने र पार्टीलाई कसरी अगाडि बढाउने बारेमा नेताहरूसँग सल्लाह मागेकोे’ बैठकमा सहभागी कांग्रेसका एक नेताहरूले जानकारी दिए ।

जिल्ला सभापतिको भेला अगावै देउवा विधान मस्यौदा समिति गठन गर्न खाजे पनि वरिष्ठ नेता पौडेलले आफ्ना तर्फबाट समितिमा बस्ने नेताको नाम नपठाउँदा समिति गठन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.