आईपीएलपछि क्यानडामा चम्किँदै सन्दीप लामिछाने

आईपीएलपछि क्यानडामा चम्किँदै सन्दीप लामिछाने

काठमाडौं : केही महिनाअघि भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले क्यानडाको क्रिकेट लिग 'ग्लोबल टी-ट्वीन्टी क्यानडा' मा खेलिहेका छन्।१७ वर्षीय सन्दीपले क्यानडामा पनि आफ्नो लेग स्पीनको जादु देखाउँदै सानदार प्रदर्शन गरेका छन्। 

छ टिमले प्रतिस्पर्धा गरिरहेको उक्त प्रतियोगितामा विश्वका थुप्रै स्टार क्रिकेटर सहभागी छन्। सन्दीप लामिछाने श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्ट्रेल टाइगर्सबाट खेल्दै छन्। उनको टिममा वेस्ट इन्डिजका सुनिल नारिन, ड्वेन स्मीथ, जिम्बाबेका सिकन्दर राजाजस्ता स्टार क्रिकेटर छन्। 

उक्त लिगमा उनको टिमले चार खेल खलिसकेको छ। २९ जुनमा वेस्ट इन्डिजका ड्वेन ब्राबोको कप्तानीमा रहेको विपिङ हक्सविरुद्ध खेल्दा सन्दीप टोलीमा समावेश थिएनन्।

३० जुनमा 'वेस्टइन्डिज बी' टिमविरुद्ध उनको टोली खेल्दा सन्दीपले खेल्ने मौका पाए। त्यस खेलमा उनले एक विकेट लिए । तर,  ४ ओभर बलिङ गर्दा ५७ रन दिएर खराब प्रदर्शन गरे। एक बल व्याटिङ गर्न पाएका सन्दीपले एक रन बनाउँदै नटआउट रहे। 

त्यस पछिका दुई खेलमा भने सन्दीपले उकृष्ट प्रदर्शन गरेका छन्। २ जुलाईमा सन्दीप समावेश टोली मोन्ट्रेल टाइगर्सले क्रिस गेलको कप्तानीमा रहेको भ्यानकुभर नाइट्सविरुद्ध खेल्याे । त्याे खेलमा सन्दीपले सान्दार बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा एक मेडनसहित १९ रन दिएर १ विकेट लिए। 

त्यस खेलमा सन्दीप सबैभन्दा किफायती बलरसमेत बन्ने। उक्त खेलमा कप्तान मालिंगाले ४ ओभर बलिङ गर्दा ३ विकेट लिँदै ४१ रन खर्चे। व्याटिङमा समेत मौका पाएका सन्दीपले ३ बलमा ७ रन बनाउँदै नटआउट रहे उनले एक छक्का प्रहार गरेका थिए।

 बुधबार (४ जुलाई) सन्दीपको टिमले पाकिस्तानी क्रिकेटर साहइब तानबीरको कप्तानीमा रहेको एडमोन्टोन रोयल्सविरुद्ध खेलेको थियो। यस खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभरमा १ विकेट लिएर १६ रन मात्रै खर्चेका सन्दीपले एक ओभर मेडन गर्न सफल भए। यस खेलमा १३ रन खर्चेर ३.१ ओभर बलिङ गरी ४ विकेट लिएका अस्ट्रेलियाका पिटर सिड्लेपछि सन्दीप नै किफायती बलर बनेको छन्। 

तीन खेलमा लगातार हार व्यहोरेको सन्दीपको टोलीले पछिल्लो खेलमा भने १६ रनको जित निकाल्न सफल भएको छ। मोन्ट्रेल टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन मात्रै बनाएको थियो।मोन्ट्रेल टाइगर्सका बलर चम्किएपछि एडमोन्टोन रोयल्सले १९.१ ओभर खेल्दा ११३ रन बनाई सबै विकेट गुमायाे । 

मोन्ट्रेल टाइगर्सबाट सन्दीप बाहेक अन्य बलरले मेडन ओभर फ्याक्न सकेका छैनन्। सन्दीपले दुई खेलमा लगातार एक-एक ओभर मेडन गर्न सफल भए।  सन्दीपको टोली मोन्ट्रेल टाइगर्सको अर्को खेल जुलाई ८ आइतबार छ। 

आगामी अगस्टमा हुने वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने क्याराविन प्रिमियर लिग (सीपीएलमा) मा पनि सन्दीप खेल्ने पक्‍का भइसकेको छ। सन्दीप क्रिस गेलको कप्तानीमा रहेको 'सान्ट किट्स एण्ड नेभिज प्याट्रियट' मा अनुबन्ध भइसकेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.