फोरजी विस्तारमा ब्यान्डविथ बाधक

फोरजी विस्तारमा ब्यान्डविथ बाधक

काठमाडौं : पर्याप्त ब्यान्डविथ नभएका कारण चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) विस्तारमा वाधा पुगेको छ। ग्रामीण क्षेत्रसम्म फोरजी सेवा पुर्‍याउन टेलिफोन सेवा प्रदायक कम्पनीले अहिले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएका छन्।

एनसेलको प्रतिवेदनमा अहिले प्रयोगमा आएको १८ सय मेगाहर्ज फ्रिक्वेन्सीको ब्याडन्विथ ग्रामीण क्षेत्रमा फोरजी विस्तार गर्न उपयुक्त नभएको उल्लेख छ। नेपाल जस्तो डाँडाकाँडा भएको देशमा १८ सय मेगाहर्ज फ्रिक्वेन्सीबाट फोरजी सेवा विस्तार गर्दा इन्टरनेट विस्तारमा ढिला हुनुका साथै लागत पनि बढ्छ।

अहिले कम्पनीले फोरजीका लागि प्रयोगमा ल्याएको ब्यान्डविथको कभरेज कम भएकाले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न कठिनाइ भएको छ। एनसेलले यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँग फ्रिक्वेन्सी माग गर्दै पत्र लेखेको छ। एनसेलले अहिले आफूसँग भएको नौ सय मेगाहर्जबाट पनि फोरजी सेवा विस्तार गर्न पाउनुपर्ने र थप अन्य मेगाहर्जमा पनि फ्रिक्वेन्सी प्रदान गर्नका लागि आग्रह गरिरहेको उल्लेख गरेको छ।

एनसेल, नेपाल टेलिकम र स्मार्टसेलसँग अहिले सानो मेगाहर्जको फ्रिक्वेन्सीका रूपमा ९ सय मेगाहर्ज भएतापनि त्यसमार्फत फोरजी सेवा विस्तार गर्न पाएका छैनन्। त्यसमा प्राधिकरणले नै रोक लगाएको छ। दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी तथा मूल्यसम्बन्धी नीतिमा ९ सय मेगाहर्जको फ्रिक्वेन्सीमार्फत थ्रीजी सेवामात्र विस्तार गर्नुपर्ने उल्लेख छ। यसका कारण फोरजी सेवाको विस्तारमा एनसेल र नेपाल टेलिकमले फ्रिक्वेन्सी प्रयोगमा ल्याउन पाएका छैनन्।

प्राधिकरणले ९ सय मेगाहर्ज फ्रिक्वेन्सीमा पनि फोरजी सेवा विस्तार गर्ने अनुमति दिने हो सेवा विस्तारमा सहजता हुने सेवा प्रदायक कम्पनीले जनाएका छन्। प्राधिकरणले पनि कम्पनीबाट आएको मागलाई मध्यजनर गरेर त्यो विषयमा छलफल अघि बढाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल एनसेलले ९ सय फ्रिक्वेन्सीबाट फोर जी सेवा विस्तार गर्न पाउनुपर्ने र नयाँ फ्रिक्वेन्सी थप गरिपाउँ भन्दै निवेदन दिएको बताए। उनले भने, ‘त्यसैका आधारमा प्राधिकरणले काम अघि बढाएको हो।’

नेपाल टेलिकमले पनि फ्रिक्वेन्सी माग गरिरहेको छ। टेलिकमले ग्रामीण भेगमा ९ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी सेवा विस्तार गर्न माग गरिरहेको छ। टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले यसका लागि प्राधिकरणमा पत्र पठाइएको जानकारी दिइन्।

उनका अनुसार १८ सय मेगाहर्जबाट फोरजीको विस्तार नहुने भन्ने होइन। यो मेगाहर्जबाट फोरजी सेवा विस्तार गर्दा लागत बढी पर्न आउँछ। जति फ्रिक्वेन्सी कम भयो त्यतिनै क्षमता पनि उच्च हुने भएकाले एक ठाउँबाट अर्कोठाउँमा फोरजी पुर्‍याउन थोरै फ्रिक्वेन्सी उपयुक्त हुने भएकाले थप फ्रिक्वेन्सी माग गरिएको हो।

एनसेल प्रतिनिधिका अनुसार १८ सय मेगाहर्जको फ्रिक्वेन्सी भनेको विशेष गरी गुणस्तरका लागि हो। सानो फ्रिक्वेन्सीले लामो दूरीसम्म नेटवर्क फाल्ने भएकाले सेवा प्रदायक कम्पनीले ९ सय मेगाहजमार्फत सेवा विस्तार गर्न पाउनुपर्ने माग गरेको हो। एनसेलका अनुसार अहिले सेवा प्रदायक कम्पनी फोरजी विस्तारको क्रममा भएकाले ९ सय मेगाहर्ज बढी आवश्यक देखिएको छ। किनभने, दूरीका हिसाबले ९ सय मेगाहर्ज आवश्यक छ।

अर्कोतर्फ सेवाको गुणस्तरका लागि भने १८ सय मेगाहर्ज आवश्यक हुन्छ। यसैले यी दुवै फ्रिक्वेन्सीलाई एकै पटक प्रयोग गरेर सेवा विस्तार गर्न सके ग्रामीण भेगमा पनि सहज र सहुलियत रूपमा फोरजी सेवा पुर्‍याउन सकिने कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.