रनवेको पिच उक्किँदा विमानस्थल अवरुद्ध

रनवेको पिच उक्किँदा विमानस्थल अवरुद्ध

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेको पिच उक्किँदा केही समय  आन्तरिक र अन्तराष्ट्रिय उडान ठप्प भएको छ। रनवेको पिच उक्किनासाथ प्राविधिक टिमले मर्मत गरी अहिले विमानस्थल पूर्ण सुचारु भइसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्याल्यका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

‘यो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सधै भइरहने घटना हो’, क्षेत्रीले भने, ‘घाम पानी हुनासाथ विमानस्थलको रनवेको तापक्रममा तलमाथि हुन्छ र रनवेको पिच उक्किँने गर्छ। मर्मत गरेर मात्र नियमित विमान उडान र अवतरण हुने प्रक्रिया नै हो।’ क्षेत्रीका अनुसार विमानस्थलको रनवेमा कुनै समस्या आउनासाथ मर्मतका लागि २४ घण्टा एउटा एउटा प्राविधिक टिम तैनाथ हुने गरेको छ। 

रनवे टालटुलका लागि कहिले के भयो ?

सन् २०१४ देखि विमानस्थलको रनवे टालटुलमा वार्षिक दुई करोड खर्च,
सन् २०१४ मा विमानस्थलको रनवे सुधारका लागि स्पेनीस कम्पनी आइसाद्वारा डिजाइन तय,
सन् २०१५ को भूकम्पपछि पुनः विमानस्थलमा देखिएको प्राविधिक कारण डिजाइन रिभ्यूमा कोरियन योसिन कम्पनीले काम गर्दै आएको छ। अहिले काम नभएको कम्पनीलाई वार्षिक १० लाख खर्च,
सन् २०१७ मार्चमा ग्लोबल टेन्डरबाट रनवे सुधारका लागि प्राविधिक रूपमा चार कम्पनी छनोट,
पढ्नुहोस्
टालटुलकै भरमा रनवे 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.