विश्वकपमा युरोपको बढ्दो प्रभुत्व, किन पछि पर्‍यो दक्षिण अमेरिका ?

विश्वकपमा युरोपको बढ्दो प्रभुत्व, किन पछि पर्‍यो दक्षिण अमेरिका ?

काठमाडौं : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्करणमा शुक्रबारका खेलमा उरुग्वे र ब्राजिल बाहिरिएपछि, यसपालीको विश्वकप उपाधि पनि युरोपियन राष्ट्रले जित्ने निश्चित भइसकेको छ । २० विश्वकप मध्ये हालसम्म युरोपियन राष्ट्रले ११ र दक्षिण अमेरिकी राष्ट्रले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका टोली हालसम्म दाबेदारका रुपमासमेत प्रस्तुत हुन सकेका छैन । 

यसपाली समूह चरणमा निकै राम्रो प्रदर्शन गरेका एसियाली टोली जापान र उत्तर अमेरिकी टोली मेक्सिकोले दाबेदारी प्रस्तुत गरेपनि दुवै टोली अन्तिम १६ मै सीमित भइ घर फर्किए । 

२००२ मा दक्षिण कोरिया र जापाले संयुक्तरुपमा  आयोजना गरेको विश्वकपमा ब्राजिलले जित निकालेपछि हालसम्म विश्वकप उपाधिमा युरोपियन राष्ट्रहरुले मात्रै कब्जा जमाउँदै आएका छन् ।  

शुक्रबार रातिको खेलमा बेल्जियमसँग ब्राजिल पराजित हुने वित्तिकै धेरैले सामाजिक सञ्जालमा अब विश्वकप युरोकपमा परिणत भयो भनी स्टाटस पोस्ट गरे । पेले, म्याराडोना जस्ता चर्चित फुटबलर उत्पादन गरेको दक्षिण अमेरिकाले अहिले पनि मेसी, नेमार, स्वारेज जस्ता प्रभावशाली खेलाडी उत्पादन गरिरहेको छ । हाल युरोपियन क्लबबाट व्यवसायिक फुटबल खेल्नेमा दक्षिण अमेरिकी राष्ट्रका खेलाडीको वर्चश्व छ । राजनीतिक र सामरिकरुपमा कमजोर रहेका दक्षिण अमेरिकी देश फुटबलकै कारणले विश्वभर परिचित छन् ।  

तीन संस्करणपछि सेमिफाइनलमा युरोप मात्रै

विश्वकपका ३ संस्करणपछि फेरि विश्वकपको सेमिफाइनल दक्षिण अमेरिकी राष्ट्रविहीन भएको छ । २००६ को विश्वकपमा पनि सेमिफाइनलमा  युरोपियन राष्ट्र मात्रै पुगेका थिए । इटाली, फ्रान्स, जर्मन र पोर्चुगल त्यतिबेला सेमिफाइनलमा पुग्ने टोली थिए । 

दक्षिण अमेरिकाका तीन विश्वविजेता मध्ये उरुग्वे विश्वकप मै छनोट हुन सकेको थिएन । अर्का दुई  दाबेदार मध्ये ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएका थिए । क्वाटरफाइनलमा ब्राजिल फ्रान्ससँग र अर्जेन्टिना जर्मनीसँग पारजित भइ घर फर्केका थिए ।

२०१० को विश्वकपमा अर्जेन्टिना जर्मनसँग र ब्राजिल नेरल्याण्डसँग पराजित भइ अन्तिम ८ बाटै बाहिरिँदा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो।
२०१४ मा ब्राजिल र अर्जेन्टिना दुवै सेमिफाइनल पुगेका थिए । ब्राजिल जर्मनसँग पराजित हुँदाअर्जेन्टिना नेरल्याण्डमाथि जित निकाल्दै फाइनलमै पुगेको थियो । 

विश्वकप इतिहासमा युरोप र दक्षिण अमेरिका

विश्वकप फुटबलको उद्गमस्थल दक्षिण अमेरिका 

दक्षिण अमेरिका विश्वकप फुटबलको उद्गम स्थल नै हो । पहिलो पटक सन १९३० विश्वकप फुटबल प्रतियोगिताको सुरुवात दक्षिण अमेरिकी राष्ट्रकै सक्रियतामा भएको थियो । आयोजक राष्ट्र थियो उरुग्वे र उपाधि पनि उसैले जितेको थियो । 

पहिलो विश्कपमा सहभागी १२ राष्ट्र मध्ये ६ राष्ट्र दक्षिण अमेरिकी नै थिए । उक्त विश्वकपमा आयोजक उरुग्वेसँगै दक्षिण अमेरिकी राष्ट्रहहरु अर्जेन्टिना, ब्राजिल, चिली, पेरु, बोलिभिया र पाराग्वे सहभागी थिए । 

युरोपबाट पहिलो विश्कप खेल्नेमा बेल्जियम, फ्रान्स, रोमानिया र युगोस्लाभिया थिए । बाँकी दुई टोलीमा उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका र मेक्सिको थिए । 
फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई पराजित गरी उपाधि जितेको थियो । 

दोस्रो विश्वकपदेखि युरोप हाबी

पहिलो विश्वकपमा फिफाको निमन्त्रणकै आधारमा विश्वकपमा टोलीहरुले सहभागिता जनाएकोमा १९३४ को दोस्रो विश्वकपदेखि छनोट खेल हुन थाल्यो १६ राष्ट्र सहभागी विश्वकपमा १२ टोली युरोपियन नै छानिए  । दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिल मात्रै छानिए । युरोपियन राष्ट्रबाहेक छनोट हुने अन्यमा युएसए र इजिप्ट थिए ।  इटालीले उपाधि जित्यो 

१९३८ को तेस्रो विश्वकपमा दक्षिण अमेरिकाबाट क्युबा र ब्राजिल मात्रै छानिए । यस पटक पनि विश्वकप खेल्ने १६ मध्ये १२ राष्ट्र युरोपियन नै थिए । उपाधि इटालीले नै जित्यो । 

दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ को विश्वकप हुन सकेन चौथो विश्वकप १९५० मा भयो । ब्राजिलमा भएको यस विश्वकपका लागि  ५ दक्षिण अमेरिकी राष्ट्र छनोट भएका थिए । उपाधि उरुग्वेले जित्यो । 

१९५४ को विश्वकपमा १२ युरोपेली राष्ट्र छनोट हुँदा , दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे मात्रै छानिए । पश्चिम जर्मनीले उपाधि जित्यो । 

१९५८ को विश्वकपमा सोभियत युनियन बाहेक नै ११ युरोपेली राष्ट्र विश्वकपमा छानिएका थिए । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र पाराग्वे छनोट भएका थिए । उपाधि ब्राजिलले जित्यो । 

१९६२ मा भने पाँच दक्षिण अमेरिकी टोली विश्वकपमा छनोट भए । अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, उरुग्वे र चिली उक्त विश्वकपमा छानिएका थिए । सोभियत युनियनबाहेक ९ युरोपेली राष्ट्र छानिएका थिए । यसपटक पनि उपाधि ब्राजिलले जित्यो । 

१९६६ मा ९ युरोपेली राष्ट्र छनोट हुँदा ४ दक्षिण अमेरिकी राष्ट्र छनोट भए । ब्राजिल, अजेन्टिना, चिली र उरुग्वे छनोट भएका थिए । उपाधि इङ्ल्याण्डले जित्यो । 

१९७० को विश्वकपमा ८ युरोपेली राष्ट्र छानिए भने ४ दक्षिण अमेरिकी राष्ट्र विश्वकपका लागि छानिए । उपाधि ब्राजिलले जित्यो । 

१९७४ को विश्वकपमा ९ युरोपेली राष्ट्र छनोट हुँदा ४ दक्षिण अकेरिकी राष्ट्र छानिए । उपाधि पश्चिम जर्मनीले जित्यो । 

१९७८ को विश्वकपमा ९ युरोपेली राष्ट्र छनोट हुँदा ३ दक्षिण अमेरिकी राष्ट्र मात्रै विश्वकपमा छानिए । उपाधि अर्जेन्टिनाले जित्यो । 

१९८२ पछि विश्वकप खेल्ने टोली १६ बाट २४ भए । फिफाले १९७० मै  टोली खेलाइने योजना बनाएको भएपनि त्यो १९८२ को १२ औं विश्वकपबाट लागु भयो त्यसपछि सम्रग नभएर क्षेत्रीय रुपमा विश्पकपमा सुहभागी हुने टोली छानोट गर्न थालियो । युरापबाट १२  र दक्षिण अमेरिकाबाट ४ टोली विश्वकपमा छनोट हुने व्यवस्था फिफाले गर्‍यो । 

१९९८ को १६ औं विश्वकपबाट ३२ टोली विश्वकपमा सहभागी हुन थालेपछि  युरोपबाट १४ र दक्षिण अमेरिकाबाट ५ टोली विश्वकपमा छनोट हुने व्यवस्था रहेकोछ । २०२६ को विश्वकपदेखि ४८ टोली सहभागी गराउने फिफाले घोषणा गरेको छ ।  

यस पटकको विश्वकपमा दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरुले सहभागिता जनाएका थिए । पेरु समूह चरणबाटै बाहिरिए पनि अन्यले अन्तिम १६ मा स्थान बनाएका थिए ।  दक्षिण अमेरिकाको बलियो टोली चिली रुस विश्वकपका लागि छनोट हुन सकेन । 

यसरी हालसम्म विश्वकपको दक्षिण अमेरिकाका ३ र युरोपका ५ गरी ८ राष्ट्रले मात्रै विश्वकपको उपाधि जितेका छन् । २०१८ को उपाधि पनि युरोपकै पोल्टामा जाने निश्चित भइसकोको छ । रुस विश्वकपको उपाधि होडमा दुई पूर्वविजेता फ्रान्स र इङ्ल्याण्डसहित ६ युरोपियन राष्ट्र रहेका छन् । यी पूर्वविजेताकै हातमा उपाधि जान्छ की ? नयाँ राष्ट्रले हातपार्छन ? केही दिन कुर्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.