झापामा करेन्ट लागेर मृत्यु
बिर्तामोड : झापाको बिर्तामोडमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। बिर्तामोड नगरपालिका-२ की अन्दाजी ६५ वर्षकी धनमाया लिम्बूको आइतबार साँझ करेन्ट लागेर ज्यान गएको हो।
आफ्नै घरमा तार छिनिएको देखेपछि जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी लिम्बूको उपचारका क्रममा साँझ बीएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।