गर्मीमा स्वस्थ रहन के गर्ने? यस्तो छ उपाय

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्तो छ उपाय

काठमाडौं : गर्मी मौसमा प्रायलाई खानामा अरुची बढ्छ।कतिपय मानिस खानामा अरुचि बढेसँगै वाकवाकी लाग्ने,टाउको दुख्ने, पेट दुखाईको समस्याबाट प्रभावित भएको पाइन्छ।यतिमात्र नभएर  खाना नरुचेरै कमजोर भएपछि अस्पतालको बेडसम्म पुगेका कयौं घटना हामीले देखेका वा सुनेकै हुन्छौं। 

गर्मी मौसममा खानपिनमा विशेष ध्यान दिन नसक्दा यस्ता समस्या हुने गरेको विज्ञहरु बताउँछन्। त्यसैले यो मौसममा नियमित खानपानमा विशेष ध्यान दिनुपर्छ। 

दैनिक खानपान र व्यायाममा ध्यान दिन नसक्दा स्वास्थ्य र अर्थ दुवैमा असर पर्ने हुँदा सन्तुलित खानापानसँगै नियमित व्यायाममा जोड दिनुपर्छ। यो मौसमा पिरो, अमिलो र अन्य खानेकुरा खानु हुँदैन।प्रशस्त मात्रा पानी तथा झोल पर्दाथ पिउने गर्नुपर्छ। त्यसैले यो मौसममा साधारण खानपानमा जोड दिन विशेषज्ञहरु सुझाउँछन्।विज्ञले गर्मी मौसममा मसलादार, तारेभुटेका खानाबाट टाढै रहन सके बिरामी हुने संभावना निकै कम हुने बताएका छन्।

मसलेदार खानेकुरा
गर्मीको समयमा तापक्रम वृद्धि हुने भएकाले मसलेदार खानेकुरा खानुहुँदैन।यस्ता खानाले शरीरमा तापक्रमको मात्रा बढाउनमा मद्धत गर्छ। जसले गर्दा बढी मात्रामा पसिना बग्न गइ शरीरमा पानीको अभाव सृजना गर्छ। यस्तो समयमा फलफूल धोइपखाली खानुपर्छ।
 
तारे वा भुटेको खानेकुरा
गर्मी मौसममा तारेका परिकार खाँदा अपच हुने संभावना बढी हुन्छ।जसको कारण बिरामी पर्न संभावना पनि त्यत्तिकै बढी हुन्छ। त्यति मात्र नभएर तारेको खानेकुराले छालामा चिल्लोपना बढ्न गइ छालाजन्य समस्याको जोखिम पनि बढ्न जान्छ।

चिसो पेयपदार्थ
गर्मी मौसममा चिसो पेयपदार्थको प्रयोग बढी हुने गर्छ।एक छिनलाई शितलता दिएपनि यसले शरीरलाई कत्ति पनि फाइदा गर्दैन। यस्ता पेय पदार्थले पटक पटक पिसाब मात्र लाग्ने भएकाले शरीरमा पानीको मात्रा घट्न गइ व्यक्ति बिरामी हुने संभावना बढी हुन्छ।

जंक फूड/फास्ट फुड
गर्मी होस् वा जाडो मौसममा सकेसम्म जंक फुडबाट टाढै बसेको राम्रो।गर्मी मौसममा जंक फुड वा फास्ट फुडले फुड पोइजन हुने संभावना बढी हुने भएकाले यस्ता खाना नखाएकै बेस।

चिया-कफी

गर्मी मौसममा चिया र कफीको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन।चिया कफीले फाइदाभन्दा बढी बेफाइदा गर्छ। 

माछा/ मासु
मासुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। त्यसैले धेरै मात्रामा माछा मासु खाँदा सजिलै पचाउन सकिदैन र अपचको समस्या देखापर्छ।त्यसैले गर्मीमा सकेसम्म सागपात,दाल,भातमै जोड दिनु बुद्धिमानी मानिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.