‘गुटमा नलाग्नेको अस्तित्व खै ?’

‘गुटमा नलाग्नेको अस्तित्व खै ?’

 भीष्मराज ओझा

काठमाडाै‌ : नेपाली कांग्रेसमा ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, ‘गुट नभएका हामी जस्ताको अस्तित्व खै ?’ काठमाडौं पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा उनले यस्तो प्रश्न गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा नेता श्रेष्ठले आफूले पार्टी सभापति देउवालाई भेट्न दर्जनौंपटक प्रयास गरे पनि भेट नपाएको गुनासो गरेका थिए। अर्का पुराना नेता उत्तमनारायण श्रेष्ठले जीवनभर आफू र आफ्नो परिवारले कांग्रेसलाई नै भोट हालेको तर यस पटकको निर्वाचनमा पार्टीको निर्देशनमा पूर्वपञ्चलाई भोट हाल्नुपरेको दुःखेसो गरे।

उनले २०१४ सालमा आफूले कांग्रेसको सदस्यता लिएको बताउँदै अहिले सक्रिय सदस्यता लिन नेताहरुको चाकडी गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरेका थिए। उहाँहरुले निर्वाचनमा पार्टीको लोकप्रिय मत कम नभएकाले कांग्रेसलाई अझै जनताको साथ रहेको र निर्वाचनमा व्यक्तिमात्र पराजय भएकाले यसमा सुधारको आवश्यकता रहेको बताए।

लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको सुझाव थियो । पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले हालै सम्पन्न निर्वाचनमा काँग्रेस पार्टीका रुपमा नभई गुट उपगुटको मोर्चाका रुपमा प्रस्तुत भएको आरोप लगाए ।

उनले भने, ‘वामगठबन्धनको असर र प्रभावका बारेमा नबुझी प्रतिक्रिया स्वरुप कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नु गलत थियो ।’ पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पार्टीमा अति गुटवाद बढेको आरोप लगाए ।

‘नेतृत्वमा कांग्रेस भनेको मै हुँ, मलाई सहयोग गर्ने मात्र कांग्रेस हुन्छ’ भन्ने गलत दम्भ हाबी भएको छ ।’ पूर्वकेन्द्रीय सदस्य विनयध्यज चन्दले निर्वाचनमा डन, पैसावाल र नेताका परिवारले मात्र टिकट पाएको दाबी गरे ।

पूर्वमन्त्री चिरिन्जीवी वाग्लेले कांग्रेसमा आमूल सुधार नभएसम्म यही अवस्था रहिरहने बताए । पार्टीका पुराना नेता तीर्थराम डंगोलले कुनै नेताले दबाबमा आफूलाई निर्वाचनमा टिकट नदिएको गुनासो गर्दै वंशानुगत राजनीति अन्त्य गर्न मुलुकमा गणतन्त्र ल्याएको भए पनि पार्टीमा बंशानुगत राजनीति दोहोरिएको आरोप लगाए ।

नेता दामोदर गौतमले विगतदेखि नै कांग्रेसले कम्युनिष्टसँग गरेको सहकार्य गलत भएको टिप्पणी गरे । नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले कसैको व्यक्तिगत पदका लागि पार्टीलाई जुवामा खेल्ने अधिकार कसैलाई नभएको सुझाव दिए।

कार्यक्रममा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल लगायतले अन्तरक्रियाबाट प्राप्त सुझाव कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.