फिक्स ब्रोडब्यान्डमा फाइबर : वर्षमै दुई सय प्रतिशत ग्राहक बढे

फिक्स ब्रोडब्यान्डमा फाइबर : वर्षमै दुई सय प्रतिशत ग्राहक बढे

काठमाडौं : नेपालको फिक्स ब्रोडब्यान्ड इन्टरनेटमा फाइबर टु दी होम (एफटीटीएच) प्रविधि लोकप्रिय हुँदै गएको छ । पछिल्लो एक वर्षमा यसका प्रयोगकर्ता दुई सय प्रतिशत बढेका छन् । नेपाल दूसरञ्चार प्राधिकरणले सार्वजनिक गरेको वैशाख महिनासम्मको तथ्यांकले यस्तो वृद्धि देखाएको हो । अघिल्लो वर्ष २०७४ वैशाख महिनासम्म एक लाख आठ हजार नौ सय ८४ एफटीटीएचका ग्राहक थिए । यो संख्या बढेर यस वर्षको सुरुवातमा आइपुग्दा तीन लाख २४ हजार दुई सय १५ पुगेको छ । यो गत वर्षको तुलानामा १९७.४९ प्रतिशतले वृद्धि हो । प्रतिशतका आधारमा एक वर्षको अवधिमा इन्टरनेटको कुनै पनि क्षेत्रमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि भएको इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आईसपान) का पूर्वअध्यक्ष विनय बोहोरा बताउँछन् । भन्छन्, ‘पछिल्लो एक वर्षको अवधिमा भएको एक लाख ७२ हजार चार सय पाँच नयाँ जडानमध्ये एक लाख ६९ हजार एक सय नौ फाइबरमा आधारित छ ।

बोहोराका अनुसार एफटीटीएच फिक्स ब्रोडब्यान्डमा विश्वको सबैभन्दा पछिल्लो र सबैभन्दा उत्कृष्ट प्रविधि हो । यसमार्फत ग्राहकको दु्रतगतिको इन्टरनेट चलाउने आवश्यकता पूरा भएको छ । यसले गर्दा एफटीटीएचमा आधारित इनटरनेट प्रयोग गर्ने ग्राहकको संख्यामा पछिल्लो समय उल्लेख्य वृद्धि हुँदै गएको हो । आईसपानका अध्यक्षले दिलिप अग्रवालले पनि गत मंगलबार काठमाडौंमा आयोजित दक्षिण एसियाली दूरसञ्चारको कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने क्रममा नेपालमा फिक्स ब्रोडब्यान्डमध्ये कुल ४३ प्रतिशत जडान फाइबरबाटै भएको उल्लेख गरेका थिए ।

उनले फिक्स ब्रोडब्यान्डमध्ये ४३ प्रतिशत फाइबरबाटै विस्तार भएको दक्षिण एसियामै सबैभन्दा बढी भएको समेत बताए । उनका अनुसार नेपाल टेलिकमले प्रदान गर्दै आएको वाइम्याक्स र एनडीसीएलको तथ्यांकलाई गणना नगर्ने हो भने, इन्टरनेट सर्भिस प्रोभाइडरले जडान गरेको ब्राडब्यान्डको ७० प्रतिशत एफटीटीएचमा आधारित छ ।

यो सेवा सस्तो भएकाले एफटीटीएच प्रतिग्राहक तानिएको अग्रवालले प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अहिले ग्राहकले ५० एबीपीएस अनलिमिटेड इन्टरनेट वार्षिक १७ हजार रुपैयाँभन्दा कम मूल्यमा पाउँछन् । यसका साथै यसका लागि आवश्यक सामग्रीको पनि मूल्य विस्तार घट्दै गएको छ । त्यसमा पनि विषेश गरी अप्टिकल नेटोर्क टर्मिनलको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय आईपी ट्रान्जिट सस्तो हुँदै गएको छ ।

ग्राहकको रोजाइमा भिडियो कलिङ र भिडियो (युट्युव) पर्दै गएकाले पनि यस्तो भएको छ । विषयवस्तुमा आएको परिवर्तनले पनि फाइबरमा आधारित इन्टरनेट प्रयोग गर्ने ग्राहक बढ्दै गएका हुन् । भिडियो रुचाउने ग्राहकलाई उच्च गतिको इन्टरनेट आवश्यक पर्ने भएकाले फाइवर विकल्प बन्दै गएको उल्लेख छ ।

अर्कोतर्फ वारयलेस र केवलमा आधारित फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ता घटिरहेका छन् । यस्तो अवस्थामा एफटीटीएच प्रतिग्राहक आकर्षित हुनु स्वाभाविक देखिन्छ । गत एक वर्षको अवधिमा वायरलेस र केबलको ग्राहक संख्यामा क्रमसः १८.२८ र ८.१२ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष वैशाखसम्म ५५ हजार सात सय ८८ रहेको वायरलेसको ग्राहक संख्या यो वर्ष घटेर ४५ हजार पाँच सय ९२ मा सीमित भएको छ ।

यस्तै केबलको ग्राहक पनि एक वर्षको अवधिमा ६१ हजार पाँच सय तीनबाट झरेर ५६ हजार पाँच सय १० मा सीमित बनेको छ । फिक्स ब्रोडब्यान्डमै अर्को ठूलो संख्यामा वृद्धि भएको भनेको एडीएसएलमा हो । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडीएसएल इन्टरनेटको संख्या एक वर्षको अवधिमा १३.०७ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षसम्म एक लाअ ७८ हजार तीन सय ८९ एडीएसएल ग्राहक रहेको टेलिकममा हाल ग्राहक संख्या दुई लाख एक हजार सात सय १० पुगेको छ । यस्तै वाईम्याक्सको पनि ग्राहक संख्या वृद्धि भएको छ । वाईम्याक्सको ग्राहक संख्या १६ हजार पाँच सय ४५ बाट ५.७४ प्रतिशतले बढेर १७ हजार चार सय ९५ पुगेको छ ।

तथ्यांकका आधारमा हेर्ने हो भने, अहिले नेपालको कुल जनसंख्याको ४८.९१ प्रतिशत मानिस इन्टरनेट पहुँचमा छन् । यसमा १०.७६ प्रतिशत फिक्स ब्रोडब्यान्डले ओगटेको छ भने, बाँकी सबै अर्थात् ३८.१४ प्रतिशत मोबाइल ब्रोडब्यान्डको रहेको छ । प्रतिशतको आधारमा सानो देखिए पनि १०.७६ प्रतिशत नेपालको परिवेशमा भने महŒवपूर्ण रहेको व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.