महानगरको बजेटमा वडालाई प्राथमिकता

महानगरको बजेटमा वडालाई प्राथमिकता

ललितपुर :  ललितपुर महानगरपालिकाले सोमबार दोस्रो नगरसभामार्फत प्रस्तावित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७५/०७६ का लागि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चार अर्ब ६० करोड ७२ लाख ७८ हजार रुपैयाँको प्रस्तावित बजेट ल्याएका छन् ।

महर्जनले कर्णालीको छनक दिने ललितपुरको विकास गर्न वडास्तरीय बजेट छुट्याएको बताए । ‘वडा नै विकासको केन्द्र मानेर गत वर्षभन्दा तीन गुणा धेरै बजेट छुट्याएको छु’ महर्जनले भने । उनले महानगरका २९ वडालाई एकदेखि डेढ करोड बजेट छुट्याएका छन् । विकास निर्माणमा कायापलट हुने खालका कामका प्रस्ताव लिएर आउन सबै वडाका अध्यक्षलाई उनले आग्रह गरे ।

महानगरको आर्थिक वर्ष ०७५÷०७६ कोे नीति तथा कार्यक्रममा पूर्वाधार विकास पहिलो प्राथमिकतामा परेको छ । पूर्वाधार निर्माणका लागि एक अर्ब ६७ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा महानगरपालिकाका सडक तथा ढल निर्माण, नगरक्षेत्रमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण, सम्पदा निर्माण, बैकल्पिक ऊर्जा, फुटपाथ निर्माणलगायत छन् । आर्थिक वर्ष ०७३÷०७४ मा सम्झौता भएका तर सञ्चालन नभएका योजना स्वतः खारेज हुने, ०७५/०७६ देखि योजना सम्झौता गर्दा चालू आर्थिक वर्षमा नै योजना सम्पन्न हुने गरी सम्झौता गर्ने नीति महानगरपालिकाको छ ।

महर्जनले विकास निर्माणको काम ललितपुरको फर्सिडोलबाट सुरु भएको र सम्पन्न हुन मात्रै बाँकी भएको बताए । महानगरका कुनै पनि स्थानमा पानीको हाहाकार भएको ठाउँमा डिप ट्युबेल खनेर पानी वितरण गर्ने योजना रहेको उनले बताए ।

सामाजिक विकासका लागि १८ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षाका लागि पाँच करोड २५ लाख छ । जसमा लैंगिक समानता विकास गर्दै विपन्न, दलित, जनजाती, अपांगता भएका बालबालिकालाई शिक्षा र व्यावसायिक तालिममा समान पहुुँच बनाउने, कक्षा ९ देखि १२ को एकीकृत माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गर्नेलगायत निती छन् ।

वातावरण तथा विपद् व्यवस्थापनका लागि १७ करोड ५० लाख छुट्याएको छ जसमा फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, वन तथा भू–संरक्षण, पोखरी संरक्षण, विपद् व्यवस्थापनलगायत विषय समेटिएका छन् ।

त्यस्तै महानगरले आर्थिक विकासका लागि आठ करोड ५० लाख ३७ हजार रकम विनियोजन गरेको छ । जसमा कृषि, उद्योग वाणिज्य, पर्यटन, सहकारी, सामुदायिक विकास, राजस्व प्रवद्र्धनात्मक कार्यक्रम छन् ।

स्वस्थ्य क्षेत्रका लागि चार करोड ५० लाख, खानेपानीका लागि दुई करोड, अमुर्त संस्कृति प्रवद्र्धनका लागि दुई करोड, खेलकुद र मनोरन्जनका लागि एक करोड ५० लाख, समावेशीकरणलगायत तेस्रोलिंगीसम्बन्धी कार्यक्रमका लागि तीन करोड छुट्याइएको छ । त्यस्तै छाडा पशु व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागि तीन करोड ४५ लाख रुपैयाँ र पुँजी निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ छुट्याइएको छ ।

यस वर्षको नीति तथा कार्यक्रममा महानगरपालिकाले तेस्रोलिंगी समुदायलाई अटाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.