मोबाइल बैंकिङ प्रयोगकर्ता ४० लाख

मोबाइल बैंकिङ प्रयोगकर्ता ४० लाख

काठमाडौं :  नेपालमा मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या ४० लाख पुगेको छ। बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यो तथ्यांक उल्लेख छ। तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या ४० लाख र इन्टरनेट बंैकिङ ग्राहकको संख्या सात लाख ८४ हजार पुगेको छ।

मौद्रिक नीतिअनुसार अहिलेसम्म बैंकले ५२ लाख ३५ हजार डेबिट कार्ड र ९७ हजार क्रेडिट कार्ड जारी भएको छ। बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहक तानिएका छन्। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महŒवपूर्ण माध्ययमका रूपमा हेरिएको मोबाइल बैंकिङमा जुन रुपले ग्राहक बढिरहेका छन् त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने बैंकरहरूको भनाइ छ।

‘यो तथ्यांले अबको बैंकिङ भनेको मोबाइल बैंकिङलाई देखाएको छ’, नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको आउने अध्याए हो। यसलाई सबै बैंकले अँगाल्न जरुरी छ। बिस्तारै मान्छे क्यासलेसमा विश्वास गर्न थालेका छन्। ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङले मानिसको विकल्प हुँदै गएको यसले पनि देखाएको छ। सुरक्षा र पूर्वाधारमा हामी पछि नै रहेको उनको भनाइ छ। यसैलाई मध्यनजर गरेर मौद्रिक नीतिमा विद्युुतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूूनीकरण गर्दै साइबर सुुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकले अनिवार्य रूपमा सूूचना प्रविधि प्रणालीको लेखापरी क्षण गर्नुुपर्ने उल्लेख छ। यसले भने केही हदसम्म सुरक्षाको विषयलाई सम्बोधन गर्ने देखिन्छ। त्यसका लागि ग्राहलाई सुसूचीत गर्नु पनि जरुरी छ। कतिपय प्रयोगकर्ताले सदुपयोग गर्न नजानेर मोवाईल बैंकिलाई कारोबार गर्दा म्यासेज आउने सुविधाका रूपमा मात्र पनि लिइरहेका अवस्थलाई परिवर्तन गर्न जरुरी छ।


नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या ४० लाख र इन्टरनेट बैंकिङ ग्राहकको संख्या सात लाख ८४ हजार पुगेको छ।

ढुंगानाका अनुसार नेपाली बैंकिङ क्षेत्र पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत पनि घटाएको छ। यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन गागतमा समेत कमी आउनेछ। त्यसैले अहिले प्रविधिलाई आत्मासात गर्न बैंकले वार्षिक रूपमा करोडौं खर्च गरिरहेका छन्। ग्राहकको माग, बजारको आवश्यकता, नयाँ आविष्कार जस्ता कुरालाई मध्यनजर गरेर सबै बैंक प्रविधिमा आधारित नै भइरहेका छन्। नेपालको परिवेशमा हेर्न हो भने, सन् २००५ मा पहिलोपटक स्टान्डर्ड चाटर्ड बैंकबाट मोबाइल बैंकिङको सुरुवात भएको थियो। सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

त्यसपछि सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गर्‍यो। यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो। स्न २०१४ मा आएर ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो। ग्लोबल बैंकले पहिलोपटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारितभएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो। अहिले हर्ने हो भने वाणिज्य बैंक र विकास बैंक गरी ४६ वटा बैंकमा मोबाइल बैंकिङ सेवा छ। त्यसमा २६ वटा बैंकले डेटामा आधारित बैंकिङ सेवाको सुरुवात गरिसेकेका छन्। यसमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न, डेभिट÷क्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली पानीको पैसा तिर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.