डिस होमको व्यवस्थापनमा सिम टिभी

डिस होमको व्यवस्थापनमा सिम टिभी

काठमाडौँ:  डिस मिडिया नेटवर्क लिमिटेडको व्यवस्थापनमा सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टिभी) आबद्ध भएको छ । शनिवार बसेको दुई कम्पनीका सञ्चालक समितिको संयुक्त वैंठकले सिम टिभीलाई डिस मिडिया नेटवर्क लिमिटेडले किन्ने गरी खरिद सम्झौता भएको हो । 

यस खरिद सम्झौता अन्तर्गतको सेयर खरिद निकट भविष्यमै सम्पन्न हुने उल्लेख गरिएको छ । यसका साथै सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिस मिडिया नेटवर्क लिमिटेडले आजैका मितिबाट लिने भएको छ । 

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको पे टिभी उद्योगमा काम गरिरहेको सबैभन्दा सफल र ठुलो कम्पनी हो । २०७४ असार १८ गते बाट यो कम्पनी पब्लिक कम्पनीको रूपमा रूपान्तरण भइसकेको छ । निकट भविष्यमा सर्वसाधारणका लागि सेयरसमेत निष्कासन गर्ने तयारीमा गरिरहेको छ । 

सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिस मिडिया नेटवर्कले सिम टिभीको खरिदपछि टिभी हेराइको गुणस्तरीय अनुभव अझ धेरै ग्राहकहरू तथा आबद्ध स्थानीय केवल अपरेटरको पहुँचमा पुग्ने बताएका छन् । 

त्यस्तै नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.