बिहान आठदेखि राति आठ बजेसम्म रिङ्गरोडभित्र टिपर निषेध

ललितपुरः पछिल्लो समय पैदल यात्रु र अन्य सवारीसाधनका यात्रुको ज्यान लिने क्रम बढेपछि ललितपुर जिल्ला सुरक्षा समितिले रिगंरोग भित्र टिपर चलाउन निषेध गरेको छ ।
ललितपुरकाा प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार सोमबार बसेको बैठकले यस्तो निर्णय रेको हो । ‘अबदेखि रिङ्गरोड भित्र बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म टिपर प्रवेशमा रोक लगाइएको छ’, उनले भने, ‘अन्य क्षेत्रको विषयमा प्रहरीले थप अध्ययन गरेपछि यो निर्णण फेरबदल हुनसक्छ ।’
ट्राफिक प्रहरी इन्स्पेक्टर सिताराम हाछेंथुले टिपर आतंक धेरै बढेकाले ललितपुरमा पनि यो निर्णय गर्न बाध्य भएको बताए । उनले भने ‘दुर्घटना कम गर्न नै यस्तो निर्णय गरिएको हो ।’
जिल्ला सुरक्षा समितिले रिङ्गरोड भित्र टिपर बन्द गराउने निर्णय गरे पनि चापागाउँ, भैसेपाटी लगायका क्षेत्रका स्थानिय आफैँले टिपर रोक लगाएको हाछेथुँले बताए । अन्य ठाउँको बारेमा पनि थप अध्ययन गरिने उनले जानकारी दिए ।
ललितपुरमा प्रहरीको चेकिङ्ग र कारबाही कडा भएकाले दुर्घटना कम भएको बताउँदै उनले भने, ‘भक्तपुरको तुलनामा ललितपुरमा दुर्घटना कम छन् तर सजगता अपनाएका छौँ ।’
प्रतिक्रिया दिनुहोस !
