सूर्यविनायक–धुुुुलिखेल सडक : दुुुुईतर्फी सुुुुरुङ मार्ग बनाउने प्रस्ताव

सूर्यविनायक–धुुुुलिखेल सडक : दुुुुईतर्फी सुुुुरुङ मार्ग बनाउने प्रस्ताव

काठमाडौं : सूर्यविनायकदेखि धुुुुलिखेलसम्मको सडकमा दुुुुईतर्फी सुुुुरुङ मार्ग बन्ने भएको छ। यसका लागि जापान सहयोग नियोग (जाइका)ले इच्छा देखाएको छ।

यो सडक निर्माण गर्न नेपाल सरकारसँग भएको प्रारम्भिक सहमतिअनुुुुसार सम्भाव्यता अध्ययनको काम सकिएको छ। जाइकाले सम्भाव्यता अध्ययन प्रतिवेदन सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखालाई बुुुुझाएको छ।

महाशाखा प्रमुुुुख सञ्जयकुुुुमार श्रेष्ठ जाइकाले १६ किमि सडकसहित सुुुुरुङ बनाउने बताए। तीनकुुुुने–सूर्यविनायक सडक पनि जापान सरकारकै सहयोगमा निर्माण भएको थियो। यो सडक तीव्र गतिमा सवारी कुुुुदाउन मिल्ने, दुुुुवैतर्फ सर्भिस लेनबीचको चार लेनलाई स्पिड सवारीका लागि भनेरै बनाइएको छ। जाइकाले नै यो सडकलाई सूर्यविनायकबाट विस्तार गरेर धुुुुलिखेलसम्म पुुुु¥याइदिन लागेको हो।

सडक निर्माण गर्ने विषयमा वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ। यो प्रतिवदेन पछि सन् २०१९ को मार्चमा नेपाल सरकार र जापानबीच ऋण सम्झौता गर्ने र जाइकामार्फत निर्माण प्रक्रिया अगाडि बढाउने गरी तयारी भइरहेको महाशाखा प्रमुुुुख श्रेष्ठले बताए। उनले भने, ‘जापान सरकारको ऋण सहयोगमा यो मार्गसहितको सुुुुरुङ बनाउनेछ। यसका लागि नेपाल सरकारले जग्गाको मुुुुआब्जा दिने, घर टहरा हटाउनेसहितको राइट अफ वे क्लियर गर्नुुुुपर्ने हुुुुन्छ।’

धुुुुलिखेलबाट बनेपा हुुुुँदै काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने यो बाटोमा सुुुुरुङसहतिको सडक विस्तार गर्न जापानिज कम्पनीको चासोअनुुुुसार सम्भाव्यता अध्ययन भएको हो। अब यो योजनालाई स्रोतको व्यवस्थापन गरेर निर्माण प्रक्रिया अगाडि बढाउन गृहकार्य सुुुुरु भइरहको छ।

यो सडक बनेपछि तीनकुुुुनेबाट कोेटेश्वर–सूर्यविनायक हुुुुँदै धुुुुलिखेल ४० मिनेटमै पुुुुग्न सकिन्छ। यो सडक पनि ५० मिटरकै राइट अफ वेमा पर्ने उल्लेख छ। सूर्यविनायकबाट साँगा हुुुुँदै जाने यो सडकमा दुुुुईतर्फी सुुुुरुङमार्ग बनाउने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन आएको सडक विभागकै विकास सहायता कार्यान्वय महाशाखाका इन्जिनियर छविलाल पौडेलले बताए। उनले भने, ‘यो सडक खण्डको साँगामा एकै स्थानमा दुुुुईवटा सुुुुरुङ मार्ग हुुुुने छ। एउटा एक दशमलव २९ किमिको सुुुुरुङमार्ग भत्तपुुुुरबाट बाहिर जान र सोही स्थानमा १ दशमलव २३ किमिको सुुुुरुङ भने प्रवेशका लागि बनाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ।’


यो सडक निर्माण गर्ने विषयमा वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ।

भौगोलिक बनावटका कारण काठमाडौंबाट बाहिरिनेभन्दा भित्रने दूरी ६ मिटर छोटो हुुुुने प्रारम्भिक अध्ययनले देखाएको छ। यो सडक तथा सुुुुरुङ बनाउन करिब २२ अर्ब रुपैयाँ लाग्ने अनुुुुमान छ। वास्तविक लागतको लागि भने ऋण सम्झौता पछि हुुुुने विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)मा आउने जानकारी पनि महाशाखा प्रमुुुुख श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए।

जाइकाले नै निर्माण सुुुुरु गर्ने अन्तिम तयारी भइरहेको नागढुुुुंगा–नौविसे सडकको सुुुुरुङ मार्ग सकिएपछि साँगा सुुुुरुङ मार्ग बनाउने गरी तयारी थालिएको पौडलको भनाइ छ। उनका अनुुुुसार जापानिज परियोजना तयारी गर्न प्रसस्त समय राख्ने र निर्माण अवधि भने छोटो हुुुुने गरेको छ। तयारी अवधि लामो हुुुुँदा कमजोरी सच्चाउन सकिने र त्रुुुुटि कम हुुुुने बुुुुझाइ उनको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.