पुरानो बजार बचाइदिन व्यापारीको माग

पुरानो बजार बचाइदिन व्यापारीको माग

सिरहा :  सिरहा नगरपालिकाको पुरानो बजारलाई बचाएर सडक विस्तार गर्न र घर नक्सा पासका लागि यहाँका व्यापारी र तथा घरधनीहरूले नगरप्रमुखसँग माग गरेका छन् । घर नक्सा नहुँदा व्यापारीहरूले ऋण पाउनसमेत सकेका छैनन् । बहुमूल्य घरजग्गाको उचित मूल्यांकन भएको छैन । हाल नगरपालिकाले उठाइरहेको करको दररेट पनि सार्वजानिक गर्न उनीहरूले माग गरेका छन् ।

आइतबार सिरहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष र घरधनीसहितको टोलीले नगरप्रमुख अशेश्वर यादवलाई माग पूरा गर्न आग्रह गरेका छन् । असार ३२ गते नै व्यापारीहरूले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसमा कुनै किसिमको छलफल नहुँदा थप दबाबका लागि आइतपार पुनः नगरपालिका कार्यालयमा पुगेको संघका पुग्नुपरेको अध्यक्ष प्रमोद पौदारले बताए । ‘२०५६ माघ १० गते सडक विस्तारसम्बन्धी नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘बजारभन्दा बाहिरबाट बाइपासको व्यवस्था छँदै छ त्यसलाई व्यवस्थित गर्नु राम्रो हुन्छ ।’ २०५६ सालमा पनि घर भत्काएर नगरपालिकाले सडकको मुख्य भागबाट दुवैपट्टि ८÷८ मिटर सडक विस्तार गरेको थियो । अहिले पुनः बजार भत्काएर सडक विस्तार गर्न नहुने उनको तर्क छ । पहिले लगत कट्टा भइसकेकाले घरधनीले नक्सा बनाउनुपर्ने उनले बताए ।

नगरपालिकाले जनतासँग कुन कामको लागि कति कर लिने भन्ने हाल तोकेको दररेट सार्वजानिक गर्नुपर्ने डा.सुभाषचन्द्र यादव बताउँछन् । ‘स्थानीय सरकारसँग नागरिकको जुन आशा थियो त्यो जनप्रतिनिधिहरूले पूरा गर्न सकेका छैनन्’, उनले भने, ‘विकासको नारा देखाएर कमाऊ धन्दामा लाग्नु ठिक होइन् ।’ उनका अनुसार जनप्रतिनिधिमा पारदर्शिता देखिएन ।

व्यापारीहरूले उठाएको मागबारे अन्य सरोकारवालासँग छलफल गर्ने नगरप्रमुख यादवले बताए । उनले एक साताभित्र सडक विस्तारको समस्याको निकास निकालिने जानकारी दिए । साथै असार १० मै सकिनुपर्ने दोस्रो नगरसभा पनि हुन सकेको छैन । नगरसभाको क्रममा वडाध्यक्ष र कार्यापालिका सदस्यहरूले आर्थिक वर्ष ०७४÷७५ को आय÷व्यय विवरण सार्वजानिक गर्न माग गरेपछि सभा हुन नसकेको हो । ‘आय÷व्यय सार्वजानिक नगरेसम्म कानुनअनुसार नगरसभा हुन सक्दैन’, वडा नं १ का अध्यक्ष महेश यादवले भने, ‘नगरप्रमुखले आय÷व्यय सार्वजानिक गर्न दिएको छैन । ९ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यले पटक पटक आय÷व्यय सार्वजानिक गर्न माग गरे पनि अहिलेसम्म माग पूरा भएको छैन ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.