जनप्रतिनिधि धन कमाउन खाडी मुलुकमा !

जनप्रतिनिधि धन कमाउन खाडी मुलुकमा !

प्यूठान : स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार चलाउन समस्या भएपछि उनी कुवेत गएका हुन्। रोजगारीका लागि यसअघि समेत उनी खाडी मुलुक पुगेका थिए।

कुवेत पुगेका उनी दुई महिना पुगिसकेको छ। तर, वडा अध्यक्ष मेघराज जिसीले विदेश पुगेपछि मात्र थाहा पाएको प्रतिक्रिया दिए। ‘कुवेत पुगेपछि मात्र थाहाँ पाएँ’, उनले भने, ‘जान्छु पनि नभनी जानुभएछ।’ 

विदेश पुगेपछि पुनमगरले फोनमा आफूसँग चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको समेत सुनाए। वडा अध्यक्षमार्फत पुनमगरले जनतालाई धोका दिएकोप्रति क्षमा मागेका छन्। 

पुनमगरका घरपरिवारले आठ महिनाको सात हजारका दरले ५६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन्। उनका घरमा बुवा÷आमासहित श्रीमती र एक छोरा छन्। 

घरव्यवहार धान्ने एक्लो जिम्मा पुनमगरकै काँधमा रहेको वडा अध्यक्ष जिसीले बताए। स्थानीय तह निर्वाचनमा पुनमगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए।

 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.