आँखामा पट्टी बाँधेर मूर्ति

आँखामा पट्टी बाँधेर मूर्ति

विराटनगर : धृतराष्ट्र जन्मजात अन्धा थिए। पति अन्धो भएपछि मेरो आँखाको के काम भनेर गान्धारीले आजीवन आँखामा पट्टी बाँधिन्। महाभारतकालीन समयलाई सम्झाउने गरी २८ वर्षीय तुलसी मण्डल दृष्टि भएर पनि आँखामा पट्टी बाँधेर काम गर्छन्, बुद्धको मूर्ति बनाउँछन्।

मोरङको जहदा गाउँपाालिका–२ का तुलसीले आँखामा पट्टी बाँधेर काम गर्नुको रहस्य भने अर्कै छ। सानै उमेरदेखि मूर्ति बनाउँदै आएका उनी गिनिज बुकमा नाम लेखाउन आँखामा पट्टी बाँधेर बुद्धको मूर्ति बनाउने ध्याउन्नमा छन्। विगत दुई वर्षदेखि आँखामा पट्टी बाँधेर काम गर्दै आएका उनी भन्छन्, ‘मेरो प्रयास जारी छ। यो काम पूरा गरेर गिनिज बुकमा नाम लेखाउने धोको छ।’

बुवा झल्लु मण्डल (गन्गाई)ले गर्दै आएको मूर्ति बनाउने व्यवसायबाट प्रेरित भएर तुलसीले सानैदेखि पढाइसँगै मूर्ति बनाउने काम गर्दै आए। काल्पनिक रूपमा समेत मूर्ति बनाउने कडा अभ्यास गरे। उनले सिमेन्ट, मेटल, माटो, पित्तल र सबै धातुको मूर्ति बनाउने र कसैको फोटो नभए पनि बोल्ने शब्दका आधारमा उसको मूर्ति बनाउने गरेको बताए।

उनले मोरङको रतुवामाईमा किरात धर्मको पहिलो राजा यलम्बर र बिहारको मधुवनीमा महात्मा गान्धी सहितको १० वटा सालिक बनाएका छन्। साथै भारत बिहारको अररिया जिल्लास्थित सुनरी मठको मन्दिरको समेत डिजाइन गरेका छन्।

करिब एक घन्टाको समय लगाएर आँखामा पट्टी बाँधी बुद्धको मूर्ति बनाउँदै आएका उनी भन्छन्, ‘अझ कडा मेहनत गरेर ३५ मिनेटभित्रै बुद्धको मूर्ति बनाएर रेकर्ड बनाउने योजना छ।’ जहदा–१ स्थित दुर्गा माविमा प्रावि तहमा शिक्षक उनी स्कुल समयबाहेक मूर्ति निर्माणमै व्यस्त रहन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.