विप्लवको बन्द : बालुवा बोकेको ट्रक जलाइयो, अन्य दुईमा तोडफोड

विप्लवको बन्द : बालुवा बोकेको ट्रक जलाइयो, अन्य दुईमा तोडफोड

नुवाकोट: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दमा मंगलबार नुसवाकोटमा गाडीमा तोडफोड र आगजनी भएको छ । एउटा गाडीमा आगजनी र दुईवटा गाडीमा तोडफोड हुँदा लाखौंको क्षति भएको छ । 

दलका प्रवक्ता खड्गवहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेको विरोधमा विप्लवले गरेको वन्दका क्रममा सदरमुकाम विदुरदेखि ३० किलोमिटर पुर्वस्थित शिवपुरी  गाउँपालिका–८ बोहरे खोलामा मिनीट्रक जलाइएको छ । 

छहरे बुडीखोलाबाट बालुबा बोकेर काठमाडौँतर्फ जाँदै गरेको ट्रकमा विप्लवका ७/८ जनाको समूहले आगजनी र दुईवटामा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

आगजनीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिए । 

विप्लवको समूहले सडकमार्गमा गुडिरहेको बा४ख ८५१६ नम्बरको मिनीट्रकको अगाडिको भागमा पेट्रोल छर्केर आगजनी गरेको चालकले बताएका छन् । आगजनीका क्रममा चालक तथा विप्लवका कार्यकर्ताबीच झडपसमेत भएको स्थानीयवासीले बताएका छन् । 

विप्लवका कार्यकर्ताले  बा५ख र ३ बा५ख २१३२  नम्बरको मिनीट्रको शिशा ढुङ्गाले हानेर फोडेको स्थानीयले बताएका छन् । घटनामा संलग्न विप्लवका कार्यकर्ता र गाडीका चालकबीच केहीबेर झडपसमेत भएको छ । 

घटनापछि नारा लगाउँदै विप्लवका कार्यकर्ता भागेका थिए ।  घटनालगत्तै अस्थायी प्रहरी पोष्ट छहरेबाट प्रहरी खटिएको छ। आगजनी र तोडफोडमा संलग्नहरुको खोजी भइरहेकोसमेत जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.