होटेल म्यानेजमेन्टमा सम्भावना

होटेल म्यानेजमेन्टमा सम्भावना

सिर्जनात्मक काम गर्न रुचि हुने र त्यसैमा आफ्नो करियर अगाडि बढाउन चाहने विद्यार्थीले होटेल म्यानेजमेन्टको कोर्स रोज्न सक्छन्। यो क्षेत्रमा हिजोआज महिलामात्रै नभई पुरुषको पनि रुचि बढेको पाइन्छ। यो कोर्स पढेका विद्यार्थी प्रायः खाली बसेको देखिँदैन। राम्रो तलबका साथै उज्ज्वल भविष्यको सुनिश्चितता हुन्छ। हिजोआज धेरैजसो कलेजले यो विषय अध्यापन गराउन थालेपछि धेरैको पहुँच बढेको छ। होटेल म्यानेजमेन्टलाई आफ्नो करियर बनाउन चाहनेले होटेल, रेस्टुराँ, पब, एयरलाइन्स, पर्यटक कार्यालयहरूमा रोजगारी पाउन सक्छन्।

होटेल म्यानेजमेन्टको डिग्री हातमा हुनेले कुनै पनि होटेलमा अपरेसन, फ्रन्ट अफिसर, हाउस किपिङ, फुड एन्ड बेभरेज, एकाउन्ट, मेन्टिनेन्स, सेल्स र सेक्युरिटीलगायतका विभागमा काम गर्न सक्छ। राम्रो अंक ल्याउने र अनुभवीहरूलाई विभिन्न तारे होटेलहरूमा समेत कामको सम्भावना रहन्छ। के के काम हुन्छन् त होटेल म्यानेजमेन्टमा ?

जनरल अपरेसन

होटेल प्रशासनको काम गर्नु जेनेरल म्यानेजरको दायित्वमा पर्छ। यो पदमा रहने व्यक्तिले स्टाफ म्यानेजमेन्ट, फाइन्यान्स कन्ट्रोल, क्वालिटी कन्ट्रोल, करियर फेयरजस्ता जिम्मेवारी निभाउनुपर्ने हुन्छ। पाँचतारे होटेलमा असिस्टेन्ट म्यानेजरले पनि जनरल म्यानेजरको सहयोगी भएर काम गर्छन्।

फ्रन्ट अफिसर

होटेलमा कुनै पनि अतिथिको स्वागत, कोठाको बुकिङ, चिठीपत्रको रेखदेख, बिल तयार गर्ने र अतिथिले लिएका सुविधाको हिसाबकिताब राख्ने काम फ्रन्ट अफिस म्यानेजर वा एक्जिक्युटिभ हाउस किपरले गर्छन्। यसबाहेक यही विभागमा असिस्टेन्ट म्यानेजर, लबी एक्ज्युकेटिभ, फ्रन्ट अफिसर, सुपरभाइजर, इन्फरमेसन असिस्टेन्ट, रिसेप्सनिस्ट, बेल ब्याय, बेल क्याप्टेनलगायतका पद पनि पर्छन्।

इन्जिनियरिङ र मेन्टिनेन्स

यो होटेलको एक महत्वपूर्ण विभागमा पर्छ। यसमा मेकानिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, प्लम्बर, कार्पेन्टर आदि पर्छन्।

फुड र बेभरेज विभाग

होटेलमा ब्रेकफास्ट, लन्च र डिनर तयार गर्ने र अतिथिहरूको रेखदेख जिम्मेवारी यो विभागको हुन्छ। यसले भान्छा, बार र बेकरीको पनि रेखदेख गर्छ।

हाउस किपिङ

होटेल, कोठा, बार र रेस्टुराँको सरसफाइ र अतिथिको आराम र हरेक सुखसुविधाको ध्यान दिने काम हाउस किपिङ विभागअन्तर्गत पर्छ। यसमा चिफ एक्ज्युकिटिभ हाउस किपर, फ्लोर सुपरभाइजर, रुम अटेन्डेन्ट, लाइन सुपरभाइजर र मेडजस्ता पदमा रहेर काम गर्न सकिन्छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.