सदरमुकामक बस्ती बाढीको जोखिममा

सदरमुकामक बस्ती बाढीको जोखिममा

बेसीसहर : भेलबाढी बस्तीतिर एकोहोरिएपछि बेसीसहर शेराकुनास्थित मटानढुंगा बस्तीका बासिन्दा जोखिममा छन् । बेसीसहर नगरपालिका ८ स्थित शेराकुनाको माथिल्लो भागका पाखाथोक, धरमबारी, आलेको मूल हुँदै शेराकुनासम्म आउने बाढी केही वर्षदेखि मटानढुंगा बस्तीतिर एकोहोरिएपछि ती स्थान जोखिममा परेका हुन् ।

विगतमा झिंगेखोला माथिको खेत र शेराफाँटको खेतमा सिंचाइ गर्न सो पानी ल्याइने गरिए पनि पछिल्लो समयमा बस्ती बढेसँगै पानी शेराकुनाबाट नाला बनाएर बस्ती तिर लगाइएपछि केही वर्षदेखि सो बस्तीका बासिन्दाले बाढीको सास्ती भोग्नु परेको हो । हिउँदमा पानीको आवश्यकता पर्ने भएकाले पानी थुनेर शेराफाँट तिर लैजाने र वर्षाद्का बेला बाढी थुनेर मटानढुंगातर्फ लगाइदिने गरेकाले बस्तीका बासिन्दा बाढीबाट पीडित बन्दै आएको स्थानीय केशकुमारी दुराले बताइन् ।

खोल्सामा ठूलो पानी आउने र शेराकुनाबाट गएको पानी समेत मिसिएपछि मटानढुंगा बस्ती कुलोले थेग्न नसक्ने दुराको भनाइ छ । बाढीले त्यहाँका करिब एक दर्जन घरपरिवार जोखिममा छन् । मटानढुंगा खोल्सी आसपासका घर र जग्गामा हुनसक्ने सम्भावित क्षतिबाट जोगाउन लगातार ४ वर्षसम्म नगरपालिकाको कार्यालयमा निवेदन पेश गरिए पनि त्यसतर्फ नगरपालिकाले चासो नदेखाएको स्थानीय तीर्थ अछामीले बताए ।

जनप्रतिनिधि आएपछि पनि गतवर्ष वडा कार्यालय र नगरपालिकामा सो विषयमा निवेदन पेश गरिएको तर समस्या जस्ताको तस्तै रहेको उनको भनाइ छ । मटानढुुंगा खोल्सी बारी ८ र पारि ९ नम्बर वडा पर्ने भएकाले चालु आवका लागि योजना निर्माण हुनुअघि दुबै वडा कार्यालयमा नाला व्यवस्थापन गर्न योजना माग भएकोमा वडा ८ ले डेढलाख रुपैयाँ विनियोजन गरेको छ भने ९ ले चासो नदेखाएको स्थानीयको आरोप छ ।

दिउँसोको समयमा बस्तीका बासिन्दाले पानी थुनेको ढुंगा, बोराजस्ता सामग्री हटाइदिने गर्दै आएकोमा रातको समयमा पुनः शेराबजारतर्फका बासिन्दाले थुनछेक गरी पानी एकोहो¥याइ दिने गरेको पीडितको गुनासो छ । यस विषयमा जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिकालगायत अन्य सरोकारवालासँग परामर्श गरेर अघि बढ्ने तयारी पीडितले गरेका छन् ।

यसवर्ष पनि केहीदिन शेराकुनादेखि तलका स्थानीय महिला जम्मा भएर ह्युमपाइपमा बोरा, ढुंगा र फलामेजाली राखेर पानी थुनेकोमा विरोध जनाएपछि विवाद उत्पन्न भएको शेराकुनाका राजकुमार अधिकारीले बताए । झिंगेखालातर्फ बग्दै आएको आलेमुलको पानी निकास बन्द गरेर सडक कालोपत्रे गरिएपछि शेरातर्फ पानीको वहाव बढेको स्थानीयको भनाइ छ । वर्षाद्को बाढी एकोहोरिएपछि नालाको क्षमताभन्दा बढी पानी बग्ने भएकाले मटानढुंगा आसपासका घर, बाटो, नाला, जग्गा र बिजुलीको पोलमा क्षति पुगेको स्थानीय कृष्णप्रसाद कोइरालाले बताए ।

शेराकुना हुँदै निर्माण गरिएको चक्रपथ सडकसँगै मिलाएर नाला निर्माण गरी बस्ती तिर बगेको पानी सोही नालीबाट निकास गराइएमा बस्तीमा जोखिम न्यूनीकरण गर्न सकिने उनले बताए । बाढी नालमा नअटाएर बाटोमा पानी बगेपछि सो मटानढुंगा, शित्तलपाटी क्षेत्र र सो बाटो हुँदै ज्यारखाङ, बाख्रेजगत, नाल्मा, पुरानोकोट सम्मका पैदलयात्रु, कामकाजमा जाने स्थानीयबासी सबैलाई हिँडडुल गर्न समस्या भएको स्थानीय राजु श्रेष्ठ बताउँछन् ।

बाढीले बस्ती जोखिममा पर्न सक्ने थाहा पाएपछि केहीदिन अघि वडाध्यक्ष पवित्रा थापा राना, नगरपालिकाका उपप्रमख लक्ष्मीदेवी अधिकारी र प्रहरी नायब उपरीक्षक यादव ढकाल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललगायतले स्थलगत अध्ययन गरेका थिए । पानीको निकासको व्यवस्था नगरी सडक कालोपत्रे गरिएको, ह्युमपाइपमा फलामेजाली राखेर पानी थुनिएको प्रजिअ एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताए । ‘स्थानीयबाट सूचना पाएपछि पानी परिरहेको बेला त्यहाँको अवस्था अवलोकन गरेका थियौं’, प्रजिअ ढकालले भने, ‘बस्ती जोगाउन सरोकारवाला बसेरै सल्लाह गरी निष्कर्षमा जाने योजना बनाएका छौं ।’

...

मटानढुंगा खोल्सीमा आएको बाढीका कारण जोखिमा रहेको मटान ढुंगाबस्ती । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.