विप्लवका प्रवक्ता प्रकाण्ड नुवाकोट प्रहरी हिरासतमा

विप्लवका प्रवक्ता प्रकाण्ड नुवाकोट प्रहरी हिरासतमा

नुवाकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार नुवाकोट ल्याइएको छ। 

साउन २२ गते काठमाडौंबाट पक्राउ परेका प्रकाण्डलाई आगजनी मुद्दाको अनुसन्धानका लागि प्रहरीले नुवाकोट ल्याएको हो। नुवाकोट जिल्ला अदालतले शुक्रबार प्रकाण्डलाई तीन दिन थुनामा राख्न म्याद थप गरेको छ। प्रहरीले हिरासतमा राखेर प्रकाण्डमाथि अनुसन्धान सुरु गरेको छ। 

यसअघि पटक-पटक पक्राउ परेका प्रकाण्डलाई बिहीबार काठमाडौंस्थित सर्वोच्च अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार बिहान नुवाकोट ल्याएको हो।

सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा पेश गरिएका प्रकाण्डलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न  आदेश दिएका हुन्। 

अदालतमा प्रकाण्डको पक्षबाट बहस गर्दे कानुन व्यावसायी नारायणप्रसाद अधिकारीले फौजदारी मुलुकी कार्यविधि २०७४ को भावना विपरित प्रकाण्डलाई पक्राउ गरी म्याद थप आदेश माग गरिएको र जाहेरवालाको किटानी जाहेरीमा उनको नाम कतै उल्लेख नभएकाले म्याद थप आदेश माग निवेदन खारेज गरिनुपर्ने दाबी पेश गरेका थिए।

साउन ७  गते बेलकोटगढी नगरपालिका-९ स्थित नलगाउँ हल्चेखोला नजिक नागार्जुन कन्सट्रक्सनको स्काभेटरमा आगजनी गरेको आरोपमा विप्लवका प्रकाण्डलाई नुवाकोट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो। 

नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार प्रकाण्डमाथि अनुसन्धान सुरु भएको छ। निर्माण व्यवसायी रामबाबु जिसीको उजुरीको आधारमा नेकपाका महासचिव विप्लव र दोश्रो वरियताका नेता प्रवक्तासहित १५ जनाविरुद्ध उजुरी दिइएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

आगजनीमा प्रकाण्डसहित विप्लवका अन्य कार्यकर्ता संलग्न भएको आरोप लागे पनि अरु कोही पक्राउ परेका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.