पर्यटक माैरी निषेधपछि उत्पादनमा वृद्धि

पर्यटक माैरी निषेधपछि उत्पादनमा वृद्धि

(काँकडा)मकवानपुुर : एक वर्ष अघिसम्म मकवानपुुरको पश्चिमी राक्सिराङ गाउँपालिका–६ काँकडास्थित सिलिंगे मौरी चरणका लागि किसानको पहिलो रोजाइमा पथ्र्यो । चितवन र मकवानपुुरका विभिन्न स्थानबाट गाउँमा ल्याइएका मौरी चराएर ज्याला लिँदै आएका यहाँका विपन्न चेपाङ र तामाङहरू आफैंले ६ वर्षअघि मौरीपालन सिके ।

गाउँमै पालिएका मौरीलाई चरण अभाव हुुन थालेपछि उनीहरूले एक वर्षअघि बाहिरबाट मौरी चराउन ल्याउन रोक लगाएका थिए । चेपाङ समुुदायको परम्परासँग जोडिएको चिउरी फुुल्ने समयमा यहाँ मौरी चराउन बाहिरबाट किसान आउने गरेका थिए ।

सामुुदायिक वन क्षेत्रको चिउरी जंगलमा पर्यटक मौरी निषेध गरी स्थानीय किसानको मात्र मौरी चराउने व्यवस्था मिलाइएपछि स्थानीयको आम्दानी बढेको छ । राक्सिराङ गाउँपालिका–६ स्थित जनचेतना साना किसान कृषि सहकारी संस्थाले मात्र अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा एक करोड ३७ लाख रुपैयाँको मह बिक्री गरेको छ । सहकारीका अध्यक्ष दिनेश चेपाङले आर्थिक वर्ष २०७४÷७५ मा ५५ टन मह संकलन गरेको बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत सहकारीको लोथर बजारमा रहेको संकलन केन्द्रबाट काठमाडौंलगायत सहरमा मह बिक्री गरिँदै आएको छ ।

सहकारीले मौलिक तथा आधुुनिक घारमा पालेका मौरीबाट उत्पादित मह किसानबाट प्रतिकेजी दुुई सय ५० रुपैयाँमा किन्ने गरेको छ । खरिद गरिएको मह सहकारीमै प्रशोधन प्रविधि उपयोग गरी प्रशोधन तथा प्याकिङ गरिन्छ । ‘चिउरीको महलाई प्रशोधन र ब्रान्डिङ गरी अझ व्यवस्थित गर्ने काम भइरहेको छ’, अध्यक्ष चेपाङले भने ।

राक्सिराङ गाउँपालिकाको सिलिंगे, सिलाधुुनी, धुुसाराङ, पाङ्थली, टोड्केका, खरखन्डेलगायत गाउँमा मौरीपालन हुुँदै आएको छ । तर, गत वर्षदेखि सामुुदायिक वनले स्थानीयलाई मात्र मौरी चराउन दिने निर्णय गरेपछि बाहिरी आम्दानी भने गुुमेको छ । यसबाट वार्षिक दुुई लाख रुपैयाँ आम्दानी गुुमेको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिंगलाल चेपाङले बताए ।

गाउँका मौरीलाई चरण अभाव हुुन थालेपछि उनीहरूले एक वर्षअघि बाहिरबाट मौरी चराउन ल्याउन रोक लगाएका थिए ।

व्यावसायिक मौरीपालनको सुुरुवातसँगै सिलिंगेमा अनिकालको समस्या हट्दै गएको उनको भनाइ छ । ‘छिमेकी गाउँमा अहिले पनि ६ महिना खान ज्याला मजदुुरी र जंगली कन्दमुुलको भर पर्नुुपर्ने बाध्यता छ’, चेपाङले भने, ‘तर मौरीले हाम्रो गाउँको भने अनिकाल र अभाव भगाउँदै लगेको छ ।’ यहाँका ६० परिवारले मौरी पाल्दै आएका छन् । एक परिवारले मह बेचेर एकदेखि चार लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दै आएको अध्यक्ष चेपाङले बताए ।

चिउरी रोप्न गाउँपालिकाको अभियान

चेपाङ समुुदायको परम्परासँग जोडिएको चिउरीको बिरुवा रोप्न गाउँपालिकाले पनि अभियान चलाएको छ । गत आर्थिक वर्षमा मात्र ५० हजार चिउरीका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष राजकुुमार मल्लले बताए । ‘एक घर एक बिरुवा अभियान पनि चलाएका छौं, त्यसमा चिउरीलाई पहिलो प्राथमिकता दिएका छौं’, उनले भने, ‘मौरीलाई चिउरी फुुलेपछि रस काम लाग्ने, चिउरी खान र घ्युु बनाउन पनि काम लाग्छ । साथै चेपाङ समुुदायमा बिबाहमा चिउरीको बिरुवा दाइजो दिने पुुरानो चलन पनि रहेकाले हामीले चिउरी संरक्षणको अभियान चलाएका हौं ।’

चिउरी संरक्षणसँगै ६ नम्बर वडामा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मौरी ब्लक कार्यक्रम लागू हुुने उनले बताए । ‘त्यस क्षेत्रबाट मौरी घार सुुधार र व्यावसायिक मौरीपालनका लागि थप प्रस्तावहरू पनि आएका छन्, हामीले बजेटले भ्याएसम्म सहयोग गर्नेछौं’, अध्यक्ष मल्लले भने । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.