लिभिङ टुुगेदरमा पनि हिंसामा महिला

लिभिङ टुुगेदरमा पनि हिंसामा महिला

काठमाडौं : तराई घर भएकी एक युुवतीले सात वर्ष एक युुवकसँग लिभिङ टुुगेदरमा बिताइन्। उनी पछिल्लो समय युुवकबाट साथ र माया पाउनुुको साटो हिंसा सहन बाध्य छिन्। युुवकको आग्रहमा उनले बिहे गर्ने सर्त राखेर पटकपटक गर्भपतन पनि गराइन्। तर युुवकले विवाह गर्न मानेन्। शारीरिक सम्बन्ध वैवाहिक जीवनमा परिणत हुुन नसकेपछि युुवतीले आत्महत्याको समेत प्रयास गरिन्।

क्षेत्री थरकी युुवती एक नेवार पुुरुषसँग ६ वर्ष लिभिङ टुुगेदरमा बसिन्। उनले पनि युुवककै सहमतिमा पटकपटक गर्भपतन गराइन्। तर केटाले हालै मात्रै अर्कै केटीसँग विवाह गर्‍यो। उनी अहिले तनावमा छिन्।

यी त काठमाडौंमै लिभिङ टुुगेदरमा बसेर छुुटेको केही प्रतिनिधि घटना हुुन्। अहिले महिला आयोगमा यस्ता घटनाका गुुनासो आउने क्रम बढेको छ। एकआपसमा मन खाएर सँगै बस्ने र सुुखदुुःख सँगै काट्ने बाचा गरी लिभिङ टुुगेदामा बसेकामध्ये धेरैजसो महिला पुुरुषबाट हिंसामा परेका छन्। यसले मानसिक तथा शारीरिक हिंसाबाट पीडित महिलाको संख्या बढाएको सरोकारवालाको भनाइ छ।

मासिक तीन वटासम्म लिभिङ टुुगेदर सम्बन्धका उजुुरी आउने गरेको राष्ट्रिय महिला आयोगको मुुद्दा व्यवस्थापन तथा उजुुरी शाखाकी अधिवक्ता विमला खड्काले जानकारी दिइन्। एक वर्षयता मात्र आयोगमा ४० वटा यस्ता उजुुरी दर्ता भएका छन्। आधुुनिक समाजमा सहरमा वैवाहिक जीवनको साटो लामो समय लिभिङ टुुगेदरको सम्बन्ध कायम गर्ने तर त्यो सम्बन्ध विवाहमा परिणत गर्न पुुरुषहरू राजी नहुुँदा महिला पीडित हुुने गरेका हुुन्।

लभिङ टुुगेदरमा बस्नेहरूले प्रमाण जुुटाउन नसक्दा उजुुरी दिए पनि समाधान खोज्न समस्या हुुने गरेको छ।

पुुरुषले यौवन छँदासम्म शारीरिक तथा आर्थिक लाभ लिने र पछि महिलालाई अनेक समस्या दिएर अलपत्र पार्ने गरेका घटना बढिरहेको अधिवक्ता विमला खड्का बताउँछिन्। लिभिङ टुुगेदरमा बस्ने कतिपयले परिवारलाई समेत थाहा दिँदैनन्। अन्ततः सम्बन्धमा उतारचढाव आउँदा परिवारलाई आफ्ना समस्या राख्न गाह्रो पर्ने उनको भनाइ छ।

आफ्नै जिन्दगीलाई ‘बेकारको जीवन’ मान्ने र अन्तिम अवस्था असह्य पीडा सहन नसकेपछि कतिपयले आत्महत्याको बाटो रोज्ने गरेका घटना पनि देखिएको समाजशास्त्री डा. मेनुुका केसी बताउँछिन्। ‘अर्काे विवाह गर्न उमेर पनि घर्किसकेको हुुन्छ। समाजमा समायोजित हुुन पनि समस्या हुुन्छ। पटकपटक गर्भपतन गराएकाले महिलाको स्वास्थ्यमा पनि गम्भीर असर परेको हुुन्छ’, उनले भनिन्, ‘त्यसकारण पनि उनीहरूले आत्महत्यालाई नै अन्तिम विकल्प बनाएको हुुन सक्छ।’

सहरमा आर्थिक बोझ कम गर्न, दैनिकी व्यवस्थापनका साथै ढिलो विवाह गर्न मन पराउनेहरू लिभिङ टुुगेदरमा बस्ने गरेको डा. केसीको भनाइ छ। ‘सानो उमेरमै बिहे नगर्र्ने, जीवनसाथी आफैं खोज्ने चलनले प्रोत्साहन पाइरहेको र मनले खाएकोसँग निकै ढिलो गरी विवाह गरी बस्ने चाहनाले लिभिङ टुुगेदरमा बस्नेहरू बढेका हुुन्’, उनले भनिन्, ‘कमै मात्रै यस्तो सम्बन्ध विवाहमा परिणत भएका छन्।’

पाउँदैनन् न्याय

लिभिङ टुुगेदरको सम्बन्धबाट पीडित महिलालाई न्याय दिलाउन समस्या देखिएको छ। केटाले मेलमिलाप गर्न अस्वीकार गर्ने र आवश्यक प्रमाण नहुुने हुुँदा केटीसँगको नाता प्रमाणित गर्न पनि समस्या परेको महिला आयोगकी अधिवक्ता विमला खड्काले बताइन्। कानुुनी रूपमा उसलाई कारबाहीको दायरामा ल्याउन पनि कानुुनमै समस्या परेको उनको भनाइ छ। अहिले यस्ता पीडितको हकमा घरेलुु हिंसासम्बन्धी कसुुर ऐनअनुुसार तीन हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना र छ महिना कैदको व्यवस्था छ।

लैंगिक समानता कायम गर्न बनेको ऐन २०७२ मा सँगै बसेको जोडीले गरेको हिंसालाई पनि घरेलुु हिंसामा समेटिए पनि कडा कारबाहीको व्यवस्था नहुुँदा पीडितलाई मल्हमपट्टी लगाउन नसकिएको खड्काले बताइन्। ‘प्रमाण नपुुगेका कारण आएका उजुुरीलाई नाता कायम गर्न र मुुद्दा दायर गर्न समस्या परेको छ। गर्भपतन गराउँदा पनि युुवकले वास्तविक नाम र ठाउँ लुुकाएको हुुँदो रहेछ’, उनले भनिन्, ‘सम्बन्ध टुुंगिन्छ भन्ने कल्पना नगर्ने हुुँदा अन्य प्रमाण पनि महिलाले राखेका हुुँदा रहेनछन्। त्यसले गर्दा मुुद्दा चलाएर पीडितलाई न्याय दिलाउन समस्या परेको हो।’

आयोगमा परेका ४० उजुुरीमध्ये केहीको मात्रै प्रमाण भएकाले नाता कायम गरी पठाउन सफल भएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.