खै बालसाहित्य

खै बालसाहित्य

कुुनैबेला ‘पञ्चतन्त्र’ र ‘हितोपदेश’ मा रमाउने बालबालिका अचेल रंगीन सचित्र बालकथा कृति र बालकथा संग्रह खोज्न थालेका छन् । अझै पनि उनीहरू मोबाइल, ट्याबलेट र टेलिभिजनमै बढी झुुन्डिइरहेका हुुन्छन् । नेपाली बालसाहित्यकारका लागि यो ठूलो चुुनौती हो । सर्वप्रथम मन तान्ने शीर्षकका कृति (आवरण पनि), सोहीअनुुसार कथा र सन्देश दिने वातावरण नबनुुञ्जेल नेपालमा बालसाहित्यले बालबालिकाको मन जित्न अझै कठिन देखिन्छ ।

सत्रौं शताब्दीमा युुरोपमा छापाखानाको आविष्कार भयो । युुरोपमा बालबालिकाका लागि लोककथामा आधारित कथाका पुुस्तकहरू प्रकाशित भए । यसैलाई आधुुनिक बालसाहित्यको औपचारिक र व्यावसायिक थालनी मानिने बालसाहित्यकार विनयकुुमार कसजूको भनाइ छ । तर नेपालमा बालसाहित्यको इतिहास भने लामो छैन ।

‘विद्यालयका पाठ्यपुुस्तकलाई पनि बालसाहित्य मान्ने हो भने नेपाली बालसाहित्यको इतिहास सवा सय वर्ष पुुग्छ’, उनी भन्छन्, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको राजकुुमार प्रभाकर काव्यलाई बालपुुस्तक मान्दा पृथक् रूपमा नेपाली बालसाहित्यको इतिहास धेरै छोटो देखिन्छ ।’

२१औं शताब्दी ‘सूचना तथा सञ्चार’ को युुग हो । विगतमा धेरै जग्गाजमिन र ठूलो घर हुुनेहरू धनी मानिन्थे । समय बदलिएको छ, अहिले जोसँग सूचना पर्याप्त छ ऊ धनी मानिन्छ । किनकि सूचनालाई सम्पत्ति मानिन थालिएको छ । भाइबहिनी हो, तिमीहरू पनि आधुुनिक समयअनुुसार सूचनामार्फत धनी बन्ने कि ?

सूचना पाउने आधार अनेक छन् । तीमध्ये एक हो साहित्य । बालबालिकालाई बालसाहित्य सूचनाको ठूलो स्रोत हो । सञ्चारमाध्यमको सबैभन्दा पुुरानो र अहिलेसम्म प्रभाव जमाउन सफल माध्यम हो, पुुस्तक । बालबालिकालाई पूर्ण बनाउन बालसाहित्यको ठूलो योगदान छ ।

दुुर्भाग्य नै भन्नुुपर्छ, बालसाहित्य प्रकाशन हुुन थालेको सवा सय वर्ष नाघ्दा पनि यसले आफ्नो अस्तित्व र विरासत थाम्न सकेको छैन । यसैकारण पनि बालबालिका मोबाइल र टेलिभिजनमै रमाएका छन् । ‘बालसाहित्य बेवारिसे अवस्थामा बिना मेसो बाँचिरहेछ, जेनतेन उमेर बढिरहेछ । उमेर बढे पनि जुुँगा आएको छैन’, कसजू भन्छन्, ‘पुुस्तक पसलमा बालपुुस्तक खोज्यो भने झन्डै ९० प्रतिशत बालपुुस्तक विदेशी (अधिकांश भारतबाट प्रकाशित अंग्रेजी र हिन्दी भाषाका) पुुस्तक पाइन्छन् । नेपाली बाल पुुस्तकले बजारको मागको १० प्रतिशत पनि पूरा गर्न सकेको छैन ।’

एक तथ्यांकअनुुसार, नेपालमा १४ वर्षमुुनिका बालबालिकाको जनसंख्या ९० लाख छ । तर बालकृतिको सरदर वार्षिक छपाइ डेढ हजार छ । बालबालिकालाई बालसाहित्यमा सहज घुुलमिल गराउन उनीहरूको उमेरअनुुसार लेखिनुुपर्ने तर्क राख्छन्, डा.ध्रुुवकुुमार घिमिरे । जन्मेदेखि दुुई वर्ष, दुुईदेखि चार, चारदेखि सात, सातदेखि नौ र नौदेखि १२ वर्षमा गरी उमेरअनुुसार चरण छुुट्ट्याई सोहीअनुुसार बालसाहित्य लेखिनुुपर्ने उनको सुुझाव छ । बालबालिकाको शारीरिक, मानसिक एवं सामाजिक गतिविधिलाई विचार गरेर कृति उत्पादन हुुनुु आजको आवश्यकता हो । ‘नेपालमा बालविकास सम्बन्धमा यस प्रकृतिको गहन अध्ययन भएको पाइँदैन’, डा. घिमिरे थप्छन्, ‘अतः अन्य मुुलुुकमा भएका अध्ययनहरूलाई आधार मानी नेपालका बालबालिकाका लागि पनि सुुहाउँदो साहित्यिक खुुराक प्रदान गरिनुुपर्छ ।’ बालविकासका लागि लेखक मात्र पर्याप्त हुुँदैन, चित्रकार पनि उत्तिकै गम्भीर हुुनुु आवश्यक छ । प्रकाशकसँगै अभिभावक र यी सबैमा सरकार समेत जिम्मेवार भएमात्र बालसाहित्यले बालबालिकाको माया पाउनेछ ।

बालबालिकाको सर्वांगीण विकास नभएसम्म नेपाल समृद्ध हुुन नसक्ने पक्का छ । विश्वका अधिकांश देशहरूमा अभ्यासमा रहेको यस प्रणालीलाई नेपालमा पनि भित्र्याई बहुुभाषी नेपालका बालबालिकालाई उनीहरूकै मातृभाषाका बालसाहित्य पढ्न पाउने मौका उपलब्ध गराउनुुपर्ने घिमिरेको बुुझाइ छ । कसजू भने नेपालमा बालसाहित्य राज्य र समाज दुुवैको दायित्वभित्र नपरेको गुुनासो गर्छन् ।

‘वास्तवमा बालसाहित्य बेवारिसे अवस्थामा छ । यो सडक बालकजस्तै भएर बाँचेको छ र बिना मेसो मौलाइरहेको छ’, उनी भन्छन्, ‘बाँच्ने र हुुर्कने अवसरको खोजीमा यसले अपाच्य, अखाद्य र अग्राह्य वस्तुुहरू पनि निलिरहेको छ ।’ वास्तवमै यो खतराबाट जोगिन लेखक, चित्रकार, प्रकाशक, अभिभावक र सरकार सबै बेलैमा सचेत र गम्भीर हुुनुुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.