सन्त तरुण सागर भन्थे : प्रत्येक चौबाटोमा मसान घाट बनाउनुपर्छ
एजेन्सी : जैन परम्पराका दिगम्बर सन्त तरुण सागरको भौतिक शरिर अब यो संसारमा रहेन । शनिवार, १ सेप्टेम्बरमा उनको निधन भएको छ । त्यही दिन साँझ दिल्ली नजिकै तरुणसागरममा मुनि श्रीको अन्तिम संस्कार गरियो ।
उनी आफ्नो तिखो आवाज र एक श्वासमा कयौँ वाक्य बोलेर प्रख्यात भएका थिए । एक पटक भारतको मध्यप्रदेशस्थित उज्जैनको सामाजिक न्याय परिसरमा उनले भनेका थिए, 'म महावीरको मन्दिर बन्द गर्ने पक्षमा छैन । म महावीरलाई जनजनसम्म लैजान्छु । महावीरको सिद्धान्तलाई हरेक व्यक्तिसम्म पुर्याउनेछु ।
मुनि तरुण सागरजी उज्जैनमा पटक पुगेका थिए । सबैभन्दा पहिले उनी आफ्ना गुरु पुष्पदन्त सागरजी र गुरु भाइ प्रज्ञा सागरजीसँग त्यहाँ पुगेका थिए । उनले त्यसक्रममा मानिसको मन हल्लाउने गरी पाँच कडा सत्यसहितको प्रवचन दिएका थिए । उनका यी प्रवचनका कुरालाई मनन गर्न सकेमा हामी कैयौँ नराम्रा कुराबाट जोगिन सक्छौँ ।
पहिलो कुरा
क्रान्तिकारी प्रवचनका लागि विख्यात जैन मुनि तरुण सागरले उज्जैनमा आफ्नै जीवनको चर्चित प्रवचन दिएका थिए । उनले उज्जैनको सभामा भनेका थिए, 'प्रत्येक चौबाटोमा मसान घाट बनाउनुर्छ । यसबाट चौबाटोबाट हिँड्दै गर्दा व्यक्तिलाई आफ्नो अन्त्यको अनुभूति हुन सकोस् । त्यसपछि मात्रै व्यक्तिमा त्याग र विरक्ति आउनेछ, अनि उसले आफूलाई जालझेल र छलकपटबाट टाढा राख्नेछ । यसो हुन सकेमा व्यक्ति बेइमानी, ईर्ष्या, द्वेषबाट जोगिनेछ अनि मात्रै समाजमा पनि सुधार आउनेछ ।'
दोस्रो कुरा
तरुण सागरजीले उज्जैनमा जागरण महोत्सवको समापन गर्दै अगाडि भनेका थिए, 'तपाईँहरुले मलाई आठ दिन सुन्नु भयो, चिन्तन गर्नुभयो र गुरु पनि मान्नु भयो । गुरु दक्षिणामा म तपाईँहरुसँग नोट माग्दिन, भोट झनै माग्दिन, तर खोट भने माग्छु । यदि मलाई गुरु मान्नुहुन्छ भने झोली फैलाएर भन्दै छु आफ्नो स्थानबाट उठ्नु भन्दा अघि आफ्नो एक खोट (गल्ती) मेरो झोलीमा हालेर जानुस्, यही नै मेरो गुरु दक्षिणा हुनेछ ।'
तेस्रो कुरा
तरुण सागरजी सदैव भन्थे, 'जीवनमा राम्रा मानिसको कहिल्यै खोजी नगर्नू, तपाईँ आफैँ राम्रो बन्नू, तपाईँसँग मिलेर सायद कसैको खोजी पनि पुरा हुनेछ ।
चौथो कुरा
मुनि श्री भन्थे, 'माता-पिता हुनुको नाताले आफ्ना छोरा छोरीलाई धेरै भन्दा धेरै पढाउनू र एक लायक मानिस बनाउनू। तर यति धेरै पनि लायक पनि नबनाउनू भोलि गएर उसले तपाईँलाई नै नालायक नसम्झिउन् ।
पाँचौ कुरा
तपाईँसँग के छ ? यो महत्वपूर्ण होइन । महत्वपूर्ण त तपाईँको साथमा के छ भन्ने कुरा हो । तपाईँसँग हुनुको अर्थ जसले मसान घाटसम्म साथ दिन्छ र साथको अर्थ जसले मसान घाट भन्दापछि पनि तपाईँसँगै रहिरहन्छ ।