जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षकको जागिर

जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षकको जागिर

जाजरकोट : सरकारी तथा अन्य क्षेत्रको नोकरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका र सुनेका छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ ।  

जाजरकोटकी एक महिलाले भने जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेकी छन् । जिल्ला समन्वय समितिकी सदस्य गरिमा शाहीले आफ्नो पदबाट राजीनामा दिएर शिक्षक भएकी हुन् । 

गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी  छेडागाड–७ कि गरिमा शाही राजीनामा दिएर निमावि तहको शिक्षक भएकी हुन् । शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य हुँदै जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएकी थिइन् ।

छेडागाड–७ मा रहेको भानुभक्त आधारभूत विद्यालयको निम्न माध्यमिक तहको गणित विषयको शिक्षण सिकाई अनुदान कोटामा उनी शिक्षक पदमा छनौट भएकी हुन् । 

जिल्ला शिक्षा समन्वय इकाईमा भएको लिखित र मौखिक परिक्षा पास गरेपछि उनलाई आइतवारदेखि शिक्षक पदमा नियुक्त गरिएको जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । शाहीका पति दीपबहादुर रोकाय उक्त विद्यालयका प्रधानाध्यापक हुन् ।

शाही तत्कालिन एकीकृत माओवादी केन्द्रको कोटाबाट जिल्ला समन्वय समितिको सदस्य पद निर्वाचित भएकी थिइन् । ‘समन्वय समितिमा न त अधिकार देखियो न सुविधा नै ।  जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेकी हुँ’, राजनैतिक पद छोडेर शिक्षक रोजेकी शाहीले भनिन्, ‘बरु आफ्नै गाँउमा रहेको विद्यालयका विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु । शैक्षिक गुणस्तर सुधारका लागि म गाँउमै बसेर सेवा चाहन्छु ।’ 

उनले राजनीतिमा खासै चासो नभएको बताउँदै पार्टीको दबाबमा पद लिए पनि एक वर्षको अनुभवले राम्रो नलागेको बताइन् । जनसंख्या तथा वातावारण विषयमा स्नाकोत्तर गरिरहेकी उनले राजनीतिमा लागेपछि परिवार र छोराछोरीलाई समय दिन नसकेको र परिवारले समेत राजनीतिमा लागेको राम्रो नमानेपछि आफूले पद त्याग गरेको बताइन् । 

‘म अब राजनीतिमा फर्किन्न होल’, उनले भनिन्, ‘शिक्षक भएरै समाजसेवा गर्छु ।’ गत वर्ष साउन १८ गते जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित शाही करिब एक वर्ष उक्त पदमा बिताइन् । जागिर खान जाने भए किन पद लिएको भन्दै स्थानीय र कार्यकर्ताले आक्रोश पोखिरहेका छन् ।

गत असारमै राजीनामा दिए पनि जिल्ला समन्वय समितिले उनको राजीनामा अझै स्वीकृति गरेको छैन । अब शिक्षक नै भइसकेपछि साउनदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । 

‘पारिवारिक कारण देखाउँदै राजीनामा दिनुभएको थियो, हामी स्वीकृत गरेका थिएनौँ’, उनले भने, ‘अब उहाँको राजीनामा भदौ ४ गतेबाटै लागू हुने गरि स्वीकृत हुन्छ । जनप्रतिनिधि भएर जागिरमा फर्कनु दुर्भाग्यपुर्ण हो  ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.