नानीबाबुसँग सुनील पाेख्रेलका मनका कुरा
मेरो जन्म खोटाङको नौला गाउँमा भएको हो । हामी आधा घन्टाको बाटो हिँडेर विद्यालय जान्थ्यौं । हाइस्कुल पुग्न भने डेढ घन्टाभन्दा बढी लाग्थ्यो । मेरा बुवा प्राथमिक विद्यालयको हेडमास्टर हुुनुहुन्थ्यो । हाइस्कुलको हेडमास्टर भने माणिकरत्न तुलाधर हुनुहुन्थ्यो । उहाँ मेरा आदर्श व्यक्ति मात्र हुनुहुन्न प्रेरणका स्रोत पनि हुनुहुन्थ्यो । म उहाँको नक्कल पनि गर्थें । उहाँको तालुमा कपाल थिएन । म पनि ब्लेडले खौरेर हेडसरको जस्तै चिल्लो तालु पार्थें । आजकल भने मेरो पनि तालुु खुइलिएको छ ।
केही अघि मात्रै मैले हेडमास्टरसँग फोनमा कुुराकानी गरेको थिएँ । उहाँले ‘सुनील तिमी माथि मलाई गर्व छ । तिमी औंलामा आउने भएका छौ’ भन्नुभयो । यसबाट मलाई असल शिक्षकले विद्यार्थीबाट आफूभन्दा राम्रो होस् भन्ने अपेक्षा गरेको हुुँदोरहेछ भन्ने बोध भयो । मैले आफ्ना विद्यार्थीसँग गर्ने व्यवहारबारे पनि थाहा पाएँ ।
गाउँमा हाम्रो घर दलित बस्तीको बीचमा थियो । दलित दौंतरीहरूसँग खेल्न घरबाहिर जाने छुुट मलाई थिएन । त्यसकारण मेरा बाल्यकालका साथी छैनन् भने पनि हुन्छ । केटाकेटी अवस्थाका साथीहरू नभएको कुरा म सधैं मिस गरिरहन्छुु । विराटनगरमा मेरा केही साथीहरू भए । ती पनि कता पुगे कता । हाल मेरा केही साथीहरू रमण घिमिरे, रविन नेपाली आदि छन् । अभि दाइले पनि मेरा बारेमा धेरै बुुझ्नुु हुन्छ । केटाकेटीको साथी जीवनपर्यन्त हुन्छ भन्ने कुरा बल्ल बुुझ्दैछु ।
हाम्रो विद्यालयमा धेरै राम्रो पढाइ हुन्थ्यो । केही शिक्षकहरूले दुःख पनि दिन्थे । त्यो कुरा मैले पछि आफैं शिक्षक भएपछि थाहा पाएँ । स्कुल जाँदा कहिलेकाहीँ एक्लै भइन्थ्यो । पहाडको बाटेमा आँखाले भ्याउन्जेल मान्छे देखिँदैन । आरएनएसीका पूर्वप्रमुख हङकङ रानाहरू मभन्दा डेढ घन्टा टाढाबाट आउनुुहुन्थ्यो । म चौतारामा पुगेर ‘ल है’ भनेर कराउँथे । केटाकेटी र साथीहरू हुरुरु आइपुग्थे । अनि हामीसँगै जान्थ्यौं । हामी बाटोमा काँक्रा, बोडी टिपेर खान्थ्यौं । विद्यार्थीले टिपेर खाँदा खुसी हुने चलन थियो ।
हामीलाई हजुरबुुवा हजुरआमाले कथा सुुनाउनुुहुन्थ्यो । धेरै कथाहरू भूतपे्रतकै हुन्थे । महाभारत र रामायणका कथाहरू पनि सुन्न पाइन्थ्यो । हामी खाना खाइसकेपछि अगेनाका वरिपरि बसेर कथा सुन्न बस्थ्यौं । त्यसबेला टीभी, मोबाइलको कल्पना पनि थिएन । बुवा मधेस बस्ने भएकाले हिन्दीका किताबहरू पनि घरमा थिएनन् । मैले पनि पहाडमै हिन्दी सिकेको थिएँ । मलाई पढ्ने बानी पहाडमै हुँदा लागिसकेको थियो । म अहिले पनि किताबबिना एकछिन बस्न सक्दिनँ । किताब नभएको भए जीवन कस्तो हुन्थ्यो होल भनेर सोचिरहन्छु ।
नजिकैको दलित बस्तीमा बन्दुक बनाउँथे । साना खेलौना बन्दुक पनि बन्थे एकपटक मैले पनि खेलौन बन्दुक हात पारेको थिएँ । तीतेपाती हालेर ठुस्स पड्काउन पर्खालमा के उभिएको थिएँ म सिस्नोघारीमा पछारिएँ । अहिले पनि सिस्नोको नाम सुन्नासाथ तर्सिन्छु । पछि हामी विराटनगर बसाइँ स¥यौं । कोसीकिनारमा बास बस्दै चार दिन लगाएर चतारा निस्किएको सम्झना अझै ताजै छ । बाटो हिँड्दा केटाकेटीलाई भुलाउन गोजीमा मकै भटमास हालिदिन्थे । अब कहिले पुगिन्छ भन्दा पुगिन आँट्यो भन्ने चलन थियो ।
चतारामा हामी बास बसेको घरमा साइकल रहेछ । साइकल कुुदाएको देख्दा म ट्वाँ परेको थिएँ । जिप चढेर पहिलो पटक विराटनगर गएको कुरा म कहिल्यै भुल्दिनँ । विराटनगरमा मामाहरूले फिल्म हेर्न पनि लानुुभयो । उहाँहरूले बाघ देखियो भने नडराउनुु है भन्नु भएको थियो । मैले पहिलो पटक हेरेको ‘सावन भादो’ फिल्ममा बाघ थिएन । मामाघरमा आधुुनिक छालाका जुत्ता किनिदिनुुभएको थियो । पहाडकै भगवती मावि नजिक भगवती मन्दिरमा दर्शन गरेर फर्किंदा जुत्ता थिएनन् । त्यसबेला मलाई सबै चीज गुुमाए जस्तो लाग्यो ।
मेरा माइला काका अलि भङ्जाहा हुनुुहुन्थ्यो । एक पटक मलाई बाँदर रुँघ्न पठाइएको थियो । म मकैबारीका पुुछारमा निदाएँछु । बाँदरले मकै सखाप पारेछन् । काकाले सुतेकै ठाउँमा गालामा हान्नुभयो र कठालामा समातेर आहालमा फालिदिनुभयो ।
पछि म विराटनगरको गोग्राह माविमा भर्ना भएँ । पहिलो कक्षा नेपाली पढाउने गुुरुले दुई नदी मिसिएको ठाउँलाई के भनिन्छ भनेर सोध्नुभएको थियो । कसैले जवाफ नदिएपछि मैले दोभान भनेर जवाफ दिएँ । पछि मेरो नामनै दोभान भएको थियो । १३ वर्षकै उमेरमा विराटनगरको त्यही विद्यालयबाट एसएलसी दिएँ । साथीहरू सबै मभन्दा शारीरिक रूपले मात्र होइन उमेरले पनि ठूला थिए । केटी साथीहरू पनि प्रायः मलाई भाइ, सुनील भनेर बोलाउँथे । मेरो ज्यान पनि लुुरे नै थियो । आफूले मन पराएका केटीहरूले भाइभन्दा म लाजले पानी हुन्थेँ । पहिलो पटक एसएलसीमा अंग्रेजी विषय फेल भएँ । दोस्रो पटकमा मात्र पास भएको हुँ ।
स्कुलमा पढ्दा म विभिन्न प्रतियोगितामा भाग लिन्थँे । पुरस्कृत पनि हुन्थेँ । कक्षा १० मा पढ्दा मलाई साथीहरूले केटीहरूबारे लेख्न उक्साए । मैले निबन्ध लेखेर कक्षामा सुनाए । पछि फर्किंदा केटीहरू बसिरहेका रहेछन् । म डराएँ । मलाई उक्साउने साथीहरू भने अघि सुइँकुच्चा ठोकिसकेछन् । मेरो फस्ट गर्लले तिमी जस्तो लेख्ने मान्छेलाई अन्य थुप्रै विषय छन् सुनील भनिन् । मैले सरी भने । अहिले ती सबै साथीहरूसँग भेट्न भन लाको छ ।
भाइबहिनीहरूलाई बुवाआमा र गुरुहरूले आफ्नो चाहनाअनुसार हिँडाउन खोज्छन् । तिमीहरूले आफ्नो चाहनाअनुुसार हिँड्नुुपर्छ । इमानदार बन्नुपर्छ । जानेर, नजानेर अरूलाई दुःख दिनुु हुँदैन । तिमीहरू विश्व ब्रह्माण्डको केन्द्रमा छांै । त्यही भएर आप्mना लागि सोच्ने गरे । हामीले सामाजिक बन्ने प्रयास गर्नुुपर्छ । मान्छे व्यवहारले मात्र सामाजिक बन्छ । हामीले आफ्नो पन चिन्नुपर्छ । समाजमा हामी कहाँ छौं भन्ने थाहा पाउनुपर्छ । म यहाँ मलाई मन परेको बीपी कोइरालाको ‘ठूलो मान्छे होइन असल बन्नुपर्छ’ भन्ने भनाइलाई दोहो¥याउँछु ।
(नाटककार पोख्रेलसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)