पत्रकार राजु बस्नेत साधरण तारेखमा रिहा

काठमाडौँ : ललितपुरका पत्रकार राजु बस्नेत साधरण तारेखमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले शुक्रबार पत्रकार बस्नेतलाई रिहा गर्ने आदेश दिएको हो ।
महानगरीय प्रहरी परिसर जावलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलासन्युजडटकमका प्रधानसम्पादक बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि भन्दै आइतवार पक्राउ गरेको थियो ।
उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा सेयर गरेका थिए। समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखिएपछि उनी पक्राउ परेका थिए ।
बस्नेतविरुद्ध सुशील खनालले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।परेका हुन्। काठमाडौं जिल्ला अदातले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न भदौ २४ गते आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
